भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह « Khabarhub

भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन चेम्बरको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पुर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । 

रूपन्देहीको भैरहवामा आज देखि शुरु छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौ रुपैयाँ लगानी जोखिममा परेको बताएका हुन् । उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’ 

भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरू रहेको उनको भनाई छ । यद्यपि भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरूको प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् । 

मुलुककै सबैभन्दा धेरै राजश्व संकलन गर्ने भन्सार नाका मध्ये रूपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए । रुपन्देहीमास्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी भएको अध्यक्ष मल्लको भनाई छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : ३६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४