व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह « Khabarhub

व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्भनर महाप्रसाद अधिकारीले उद्यम-व्यवसायको प्रवद्धनका लागि सहजीकरण गर्नुपर्ने बताएका छन् ।

बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै गर्भनर अधिकारीले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण अफ्ठेरो परेको अवस्थामा व्यवसायीलाई सहजीकरणका लागि आग्रह गरे।

उद्योग-व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरण सृजना गर्न आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक तयार रहेको उनको भनाई छ ।

बैंकबाट ऋण लिएपछि सबैले तिर्नुपर्ने भन्दै उनले कसैले तिर्दिन भन्छ वा नर्तिन उकास्छ भने त्यस्ता गतिविधिलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।

अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ३१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने