ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु « Khabarhub

ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

कालकिोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताए ।

प्रहरीका अनुसार जङ्गलको माथिबाट अचानक खसेको ढुङ्गा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : २१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट