‘प्रतिगामीको अराजकताविरुद्ध’ एक हुन एमाले महासचिव पोखरेलको आग्रह « Khabarhub

‘प्रतिगामीको अराजकताविरुद्ध’ एक हुन एमाले महासचिव पोखरेलको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राजनीतिक अभियानमा जोडिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अराजकताको विरोध गर्दा, जातिय र धार्मिक अतिवाद विरोध गर्दा एमाले कमजोर नहुने बताए ।

दलाल र नोकरशाह तथा तस्करतन्त्र र कालोबजारीको विरोध गर्न एमालेका युवा र विद्यार्थी जागेको भन्दै उनले यसबाट नेकपा एमाले कमजोर नहुने तर्क गरे ।

सरकारको अकर्मण्यता र नालायकिपन तथा प्रतिगामी तत्वहरुको अराजकताका विरुद्धमा टुलुटुलु हेरेर रमिते बन्दा मात्रै एमाले कमजोर हुने भन्दै उनले एमालेको राजनीतिक अभियानमा साथ दिन आग्रह गरेका छन् ।

मंशिर ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघले उपत्यकामा प्रदर्शनको तयारी गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १० : ३९ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल