आज २०८० साल पुस ६ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ६ गते शुक्रबारको राशिफल


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस ६ गते शुक्रबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ । आज वर र पिपलको दर्शन मात्र गरेमा परिवारको सम्बन्ध राम्रो हुनेछ ।

वृषः तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ । दाम्पत्य जीवनमा विवादमा पर्ने देखिन्छ । तर्कबाट बच्नु राम्रो हुन्छ ।

मिथुनः शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।
कर्कटः दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । शत्रुसँग पराजित हुने योग रहेकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

सिंहः कडा खालका विपक्षीको सामना गर्नुपर्ने हुनसक्छ । रोगबाट मुक्त हुने योग रहेको छ । प्रेम सम्बन्ध र परिवारमा सफलता मिल्नेछ ।
कन्याः दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुलाः  मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।

वृश्चिकः विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ । अभिभावकको आर्शिवाद लिएर अगाडि बढेमा राम्रो हुनेछ । प्रेम र परिवारको सम्बन्ध राम्रो हुनेछ ।

धनुः दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । नसोची बोल्नु भएमा बोली नै गोली बन्ने खतरा हुन्छ । परीक्षा दिएको भए नतिजा राम्रो प्राप्त हुनेछ ।

मकरः खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ ।

कुम्भः अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ । रोग बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

मीनः दिन राम्रो नै छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । चिट्ठा र शेयरमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । वैवाहिक जीवन सुमधुर रहनेछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : १६ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि