चित्रकारका व्यथा : कोही गाडीमा, कोही खाडीमा | Khabarhub Khabarhub

चित्रकारका व्यथा : कोही गाडीमा, कोही खाडीमा



भक्तपुरका रामकृष्ण सुवाल कलाकार हुन्। उनी छ्वालीबाट विभिन्न कलाका सामग्री बनाउँछन्। अघिल्लो हप्ता नेपाल हस्तकला महासंघले गरेको प्रतिस्पर्धामा उनी उत्कृष्ट ठहरिए। उनले हेर्दा जति आकर्षक कला सिर्जना गर्छन्, उनीभित्रका कुण्ठा उत्तिक्कै छन्। आफूलाई रुझान भएको विषयले व्यावसायिक स्वरुप नलिएकोमा दिक्क छन्। सुवाल आफूसँग आठ राष्ट्रिय अवार्ड भए पनि जीविकोपार्जनका लागि कार्यालय सहयोगीको काम गर्नु परेको दुखेसो पोख्छन्।

उनी भन्छन्, ‘मैले आठ वटा राष्ट्रिय पुरस्कार हात पारिसकेको छु। अवार्डले खान दिँदैन। त्यो सजाउने मात्रै हो।’ हाल उनी भक्तपुरस्थित ख्वप अस्पतालमा कार्यालय सहायकको रुपमा कार्यरत छन्। ‘सहायक पनि सानो काम होइन। काम कुनै पनि सानो हुँदैन। तर म हस्तकलाको लागि जन्मिएको मान्छे हुँ। त्यसमै आफूलाई समर्पित गर्न पाएको भए अझै राम्रो कला प्रदर्शन गर्न सक्ने थिएँ भन्ने लाग्छ।’

लगानी थोरै, बजार सुरक्षित हुने अनुमान गर्दै सुवाल दत्तचित्त भएर बुरुस र मसीको संयोजनमा लागे। तीन दशक अघि उनी मनकामना दर्शन गर्न जाँदा त्यहाँ उनले छ्वालीका आकर्षक कला बिक्रीका लागि राखिएको देखे। मन्दिर वरिपरि बसेर कलकार चित्र बनाउन मग्न रहेको पनि देखे। त्यसपछि त झन् उनलाई यो क्षेत्रमा रुचि बढ्दै गयो।

आफ्नो रुचि एकातिर, घरव्यवहार चलाउने मेलो अर्कातिर हुँदा सिर्जना मर्ने जोखिम रहेको उनको बुझाइ छ । ४९ वर्षीय सुवाल पाँच दाजुभाइ मध्ये काइँला हुन्। उनी दुई सन्तानका पिता पनि हुन। पहिलोपटक उनले यसखाले चित्रकला दिदीको घरमा देखे। दिदीका ससुरा बुवाको पेसा चित्र बनाउने थियो। त्यहाँ देखेपछि यो क्षेत्रमा रुचि बढ्दै गयो। घरमा उनले कागजमा उतार्ने प्रयास गरे। कापीमा बनाउँदा पनि खुल्ने रहेछ भन्ने लाग्यो।

लगानी थोरै, बजार सुरक्षित हुने अनुमान गर्दै सुवाल दत्तचित्त भएर बुरुस र मसीको संयोजनमा लागे। तीन दशक अघि उनी मनकामना दर्शन गर्न जाँदा त्यहाँ उनले छ्वालीका आकर्षक कला बिक्रीका लागि राखिएको देखे। मन्दिर वरिपरि बसेर कलकार चित्र बनाउन मग्न रहेको पनि देखे। त्यसपछि त झन् उनलाई यो क्षेत्रमा रुचि बढ्दै गयो।

२०६० सालमा पहिलो अवार्ड जितेका थिए। आर्यताराको चित्रले उनलाई विजयको हकदार बनायो। त्यो बेला संसारै जितेको अनुभव भयो। छ्वालीको कला भनेको खेर गइरहेको पराल, काठबाट बनाउने हो। यो कम्तिमा पनि चारदेखि पाँच लाख रुपियाँमा बिक्री हुन्छ। एउटा पेन्टिङ बनाउन नै चार पाँच महिना लाग्छ। कतिपय आठ महिनासम्म लागेको छ। समय र मिहिनेत अनुसार त्यसको करिब आठदेखि १० लाखसम्म पर्छ। यो रोल गर्न मिल्दैन। यो भक्तपुरमा आउने विदेशी पर्यटकले खुबै मन पराउँछन्। तर रोल गरेर प्याक गर्न नमिल्दा लैजाँदैनन्। उनीहरु दुःखी भएर जान्छन्।

घरायसी समस्याले गर्दा उनले ९ कक्षा भन्दा माथि पढ्न पाएनन्। उनको अनुभवमा कला क्षेत्रमा लागेर परिवार धान्न मुस्किल पर्यो। उनी वैदेशिक रोजगारमा पनि गए। सुरु–सुरुमा काठमाडौं वरपर पेन्टिङ बोकेर बेच्न हिँडे। सबैले आहा कति राम्रो भन्ने पनि  किनिदिने कोही भएनन्। मूल्य सुनेर महङ्गो भयो भने। एक हजारको पेन्टिङ पनि महङ्गो भयो भन्ने। घाटा लागेर सस्तोमा बेच्न पनि सकिएन। त्यसकारण जीविकोपार्जनका लागि अर्को विकल्पका रुपमा घर पेन्टिङतर्फ बाध्य भएर लाग्नु परेको उनको अनुभव छ।

घरायसी समस्याले गर्दा उनले ९ कक्षा भन्दा माथि पढ्न पाएनन्। उनको अनुभवमा कला क्षेत्रमा लागेर परिवार धान्न मुस्किल पर्यो। उनी वैदेशिक रोजगारमा पनि गए। सुरु–सुरुमा काठमाडौं वरपर पेन्टिङ बोकेर बेच्न हिँडे। सबैले आहा कति राम्रो भन्ने पनि  किनिदिने कोही भएनन्।

उनी भन्छन्, ‘वर्षमा एकपटक बनाउने प्रदर्शनमा देखाउने र पुरस्कार लिने गरेको छु।’ सबै समय हस्तकलामा दिन सक्ने स्थिति नआएकोमा उनलाई पीडा महसुस हुन्छ। बिहेपछि जिम्मेवारी बढ्यो। त्यसपछि हस्तकलालाई पार्टटाइमको रुपमा राख्न बाध्य भए। ‘हस्तकला पेन्टिङ गर्ने मान्छेले घर पेन्टिङ गरेर हिँड्नु परेको छ। बुझ्नुहोस् त कलाको कति सम्मान होला यो देशमा’, पेन्टिङ गरेर मात्रै आफ्नो भविष्य सुरक्षित गर्न सकिन्न भन्ने निक्र्योलमा उनी पुगिसकेका छन्।

औसत नेपाली आज पनि आधारभूत आवश्यकताको जोडजामकै लागि संघर्ष गर्न बाध्य छन्। ‘पेन्टिङ घरमा सजाउने वस्तु हो। त्यो विलासी र सौखिनका लागि हो।’ नेपालीहरु सौखिन हुनसक्ने अवस्था नरहेका कारणले पनि पेन्टिङ बिक्दैन। पेन्टिङ नबिकेपछि कलाकारले कसरी जीविकोपार्जन गर्न सक्छ ?’, उनी प्रश्न गर्छन्। साथै, यस्तो अवस्थाबाट राहतका लागि सरकारले बेला–बेलामा प्रदर्शन गर्ने र कलाकारलाई हौसला हुने काम गर्नुपर्ने उनको भनाइ छ।

१० रुपियाँको कच्चा पदार्थबाट दश हजारको चित्र: मानन्धर
काभ्रे पनौती नगरपालिका वडा नम्बर–७ का जयराम १८ औं हस्तकला प्रतियोगितामा छ्वाली विधामा दोस्रो भएका छन्। छ्वाली विधामा १० रुपियाँको कच्चा पदार्थले दश हजारको कला बनाउन सकिने जयरामको ठहर छ। तर पनि मान्छेले यसमा भविष्य देख्न नसकिरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘युवालाई स्वदेशमै रोजगारी दिन सरकारले यस विधाको प्रवद्र्धनमा जोड दिनुपर्छ। ’

जयरामलाई स्कुल पढ्दादेखि नै चित्रकलामा रुचि बढ्दै गयो। पहिलोपटक गोरखा दरबारको कला देखेर आफू प्रभावित भएको उनी बताउँछन्। ‘घरमा अरु कसैले यो क्षेत्रमा हात नहाले पनि मैले यसै क्षेत्रमा भविष्य देखेँ’, उनी भन्छन्। उनलाई पढाइभन्दा चित्रकलामा रुचि थियो।

कोभिडको समयमा यो क्षेत्र निकै धरासायी बन्यो। धेरै पलायन हुन बाध्य भए। तर विस्तारै यसको बजार राम्रो हुँदै गएको उनको अनुभव छ। ‘मैले यसैबाट पुरै परिवार धानेको छु’, उनी भन्छन्। स्थानीय निकाय र संघसंस्थाले पनि सहयोग गरिरहेका छन्।

‘सीप भयो भने सुरुवात गर्न लगानी गर्नु पर्दैन। बिना लगानी सुरु गरेको व्यवसाय अहिले करिब ४० लाख बराबरको सामान छ।’ आफू नै अडिग भएर यसमै भविष्य बनाउन सक्छु भन्ने आत्मविश्वास हुनुपर्ने जयको भनाइ छ।

‘उनीहरुले ‘मायाको चिनो’ लागि यो आर्ट किन्छन्। अरुभन्दा अलग देखिन होटेलहरुले पनि यस्ता चित्र लिने गरेका छन्। सरकारले वार्षिक चार अर्बको मात्रै ‘मायाको चिनो’ बाँड्छ। सरकारले खरिद गर्ने वस्तु अनिवार्य स्वदेशी उत्पादन हुनुपर्ने उनीहरुको माग छ।

छ्वाली कलामा सुरुमै लगानी गर्नु पर्दैन। यसकारणले पनि यसमा धेरैको आकर्षण रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘सीप भयो भने सुरुवात गर्न लगानी गर्नु पर्दैन। बिना लगानी सुरु गरेको व्यवसाय अहिले करिब ४० लाख बराबरको सामान छ।’ आफू नै अडिग भएर यसमै भविष्य बनाउन सक्छु भन्ने आत्मविश्वास हुनुपर्ने जयको भनाइ छ।

उनको आफ्नै पसल छ। बनाएको सामान स्टक राख्नु नपर्ने उनी खबरहबलाई सुनाउँछन्। ‘मसँग पचास रुपियाँदेखि पाँच लाखसम्मका चित्र छन्। हस्तकलाको लागि स्थानीय बजार नै काफी छ। मैले बनाएका चित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासदेखि सबै मन्त्रालयमा छन्।’

हस्तकला प्रदर्शनीमा पहिलोपटक भाग लिँदा उनी प्रथम भएका थिए। दोस्रोपटक सहभागी हुँदा उनी दोस्रो भए। उनले बेस्ट फिनिसिङ अवार्ड धेरैपटक पाइसकेका छन्। यस क्षेत्रमा आकर्षण भए पनि टिकेर काम गर्नेको संख्या थोरै भएको गुनासो उनको छ। ‘मान्छेले यो क्षेत्रमा भविष्य देखिरहेका छैनन्। तर यही प्रतियोगिता गर्न पनि कलाकार खोज्न मुस्किल परिरहेको छ। कलाकार अपुग छ।’

हस्तकला प्रदर्शनीमा पहिलोपटक भाग लिँदा उनी प्रथम भएका थिए। दोस्रोपटक सहभागी हुँदा उनी दोस्रो भए। उनले बेस्ट फिनिसिङ अवार्ड धेरैपटक पाइसकेका छन्।

स्थानीय निकायमा उद्यमीको लागि बजारीकरण नगरी यस क्षेत्रको विकास गर्न नसकिने उनको अनुभव छ। ‘मेला काठमाडौंमा मात्रै हुन्छ। त्यो पनि एउटा सानो स्टल भाडामा लिन ३० देखि ५० हजारसम्म भाडा तिर्नुपर्छ। त्यसरी खर्च धान्ने कसरी ?’ उनको प्रश्न छ।

आफ्नो सामान प्रदर्शन गर्न गर्न मात्र हजारौं खर्च गर्नुपर्छ। सरकारी स्वामित्वमा रहेको भृकुटीमण्डप महंगो भएर अहिले निजी होटल खोज्दै हिँड्नु परेको बाध्यता उनले पोखे। सरकारले युवालाई नेपालमै टिकाउन उद्यमीलाई सहुलियत दिनुपर्ने उनको भनाइ छ।

पौवाकलाको पहिचान छुट्टै
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनाका सुजित महर्जन पौवाकला विधामा दोस्रो भएका छन्। उनी यो विधामा लागेको दशक भयो। पौवाकलाको प्रवर्द्धनको लागि सरकारले सरकारले एक सिस्टम बनाइदिए युवाहरु विदेशिनु नपर्ने उनले बताए। उनी भन्छन्, ‘युवाहरुमा हस्तकला को महत्त्व बुझाउन सकिएको छैन, त्यसैले उनीहरुले भविष्य देख्न सकेका छैनन्।’

‘प्रत्यक्ष अप्रत्यक्ष सरकारले बजारीकरणमा सहयोग गर्नुपर्छ। पौवा कलामार्फत उद्यमी बन्न युवालाई प्रोत्साहन गर्नुपर्छ।’ तर कहिँ कतै यसमा पहल नभएको उनको गुनासो छ। बरु अन्तर्राष्ट्रिय रुपमा सहयोग मिलेको उनले बताए।

नेवार समुदायमा धेरै कला, परम्परा र संस्कतिहरु देख्न पाइन्छ। धातुका मूर्तिहरु देखेर आकर्षित भएको उनी बताउँछन्। उनी भन्छन्, ‘सात कक्षामा पढ्दैताका नै परम्परागत कलामा रुचि थियो। तर के–कस्तो हो भनेर मलाई थाहा थिएन।’

उनले सिर्जना फाइन आर्ट लाजिम्पाटबाट आइएफए गरेका छन्। विद्यालयमा हुँदादेखि नै उनलाई चित्रकलामा रुचि थियो। नेवार समुदायमा धेरै कला, परम्परा र संस्कतिहरु देख्न पाइन्छ। धातुका मूर्तिहरु देखेर आकर्षित भएको उनी बताउँछन्। उनी भन्छन्, ‘सात कक्षामा पढ्दैताका नै परम्परागत कलामा रुचि थियो। तर के–कस्तो हो भनेर मलाई थाहा थिएन।’

एसएलसीपछि उनले फाइन आर्ट पढे। तर पौवा कला उनले एकेडेमिक पढेको होइन, यो गुरुबाट सिकेको हो। गुरु रामप्रसाद श्रेष्ठबाट सिकेका उनी भन्छन्, ‘गुरु १२ वर्ष अगाडि यसै प्रतिस्पर्धामा दोस्रो हुनुभएको थियो। आज म आफैं पुनः दोस्रो भएँ।’ गुरुसँग उनले ३ वर्ष सिके।
सजिलो कुनै काम हुँदैन। तर छ्वालिक कलाको तुलनामा पौवा विधा थोरै सजिलो हुने उनी बताउँछन्। ‘पौवा भनेको देवी देउताहरु बढी बनाइन्छ, कलरबाट कला व्यक्त गर्ने हो। छ्वालिकमा अलि धेरै विषयवस्तु पस्किन पाइन्छ। त्यसको आयाम धेरै हुन्छ। पौवा कलामा कतिपय अवस्थामा लिमिटमा बसेर पेन्टिङ गर्नुपर्ने हुन्छ।’

हस्तकलाको बजार
पहिलेको दाँजोमा हस्तकला क्षेत्रमा धेरै सुधार आएको सुजित बताउँछन्। उनी भन्छन्, ‘गुरुहरुले धेरै कठिन भएको सुनाउनुहुन्थ्यो। दुई सयदेखि हजार रुपियाँसम्म मात्रै चित्रहरु बिक्थे।’ सिकिरहेकै समयमा पनि यसको बजार राम्रो थिएन। लकडाउनको समयमा बजार खस्केको थियो। त्यो बेला हस्तकला मात्रै नभएर सबै क्षेत्र संकटमा थियो। तर यो दश वर्षको अवधिमा हस्तकलाको बजार निकै राम्रो भएको विश्लेषण सुजितको छ।

लकडाउन सकिएपछि झनै राम्रो भएको छ। गुणस्तरीय सामान बनाउन सकेको खण्डमा यसमा भविष्य सुरक्षित बनाउन सकिने उनले बताए। ‘अर्को यस क्षेत्रमा निरन्तरता भन्ने पनि हुन्छ। केही समय काम गरेर छोड्ने हो भने सफल भइँदैन।’ ‘तर निरन्तरताले सफल हुन सकिन्छ। व्यावसायिक रुपमै जान्छु भन्ने हो भने यो क्षेत्र रोजेको मान्छेलाई पछुतो हुने अवस्था छैन।’

विदेशमा पौवा कलाको प्रतिस्पर्धा विरलै हुन्छ। यो विशेष परम्परामा आधारित हुने हुँदा उनीहरुको परम्परासँग मिल्दैन। त्यही भएर यो स्वदेशमै प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। ‘भर्खरै प्यानको सुरुवात भयो। कलाकारको पनि प्यान नम्बर भयो। त्यो भनेको पनि सचेतना आएर हो। रेकर्ड राख्नुपर्छ भन्ने हिसाबले।’

खेर गएको कच्चा पदार्थ प्रयोग गरेर कला र आम्दानी
नेपाल हस्तकला महासंघका अध्यक्ष सनम शाक्य युवा स्वरोजगारलाई प्रवद्र्धन गर्न जंगलमा उपलब्ध प्राकृतिक रेसा प्रयोग गर्न दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘जंगलमा कच्चा पदार्थ कुहिएर त्यसै खेर गएको छ। कुहिएर जाने वस्तुबाट हामीले आम्दानी गर्न सकिन्छ।’ महिला दिदीबहिनीहरुको रोजगारी कम छ। सबैलाई रोजगार दिन सकिने आधार नेपालमा छ। हस्तकलाको बजार अत्यन्त ठूलो छ। त्यसको लागि नीति बनाएरै सीप सिकाएर काममा लगाउनुपर्ने उनको भनाइ छ।

यो क्षेत्रमा भविष्य बनाउन चित्रकारले आफूलाई समयननुकूल बनाउन सक्नुपर्ने उनले बताए। उनी भन्छन्, ‘हस्तकला १२ औं शताब्दीदेखि निरन्तर चलेको छ। अहिलेको समय भनेको नयाँ नयाँ सिर्जनाको हो। सधैं एकनासको कलामा बसिराख्न हुँदैन।‘ समयसापेक्ष हस्तकलाको डिजाइन परिवर्तन गर्नुपर्नेमा उनको जोड छ।

अन्तर्राष्ट्रिय बजारमा पुग्न हस्तकलालाई समय सापेक्षा बनाउनुपर्छ

हस्तकलाको व्यापार एसियामा मात्रै गरेर नपुग्ने उनले बताए। उनको अनुभवमा चीनबाट आउने माग जम्मा ९ प्रतिशत मात्रै पुर्याउन सकिएको छ। ‘प्रविधि प्रयोग गरेर भए पनि माग अनुसारको कलाको माग पुरा गर्नुपर्छ’, उनले भने। विश्व बजारमा जाने हो भने धार्मिक दृष्टिकोणले मात्रै कलाकारिता गरेर नपुग्ने उनको भनाइ छ। नयाँ सिर्जनामा जोड दिनुपर्छ। नेपालमा भएका सबै युवाले हस्तकलामा मात्रै काम गर्ने हो भने पनि माग अनुसार आपूर्ति दिन नसकिने विश्लेषण अध्यक्ष शाक्यको छ।

अन्तर्राष्ट्रिय बजार फस्टाएको अवस्थामा नेपाली उत्पादन ‘अलि बाबा’मार्फत बेच्न सक्ने स्थिति सिर्जना हुनुपर्छ।

हस्तकला क्षेत्रको चुनौती भनेको कच्चा पदार्थ हो। अर्को दक्ष जनशक्तिको पनि हो। सरकारले यतिबेला युवा निर्यात गरिरहेको छ। देश विकास गर्ने हो भने उद्यमीलाई प्रवद्र्धन गर्नुपर्ने शाक्यको भनाइ छ। उद्यमीलाई सहुलियत हुनुपर्छ। त्यस्तै, एआई, थ्रिडीजस्ता डिजिटल फर्मबाट परम्परागत तरिकाले काम गर्नेहरुले सिक्ने माध्यम भएको उनी बताउँछन्। ‘हाम्रो दिमागले सोच्न नसकेको कुराहरु त्यसले देखाइदिएको छ।’ प्रविधिको जति नै विकास भए पनि हातेकलाको महत्व नघट्ने उनी बताउँछन्।

वार्षिक १२ अर्ब बराबरको निर्यात छ। त्यही अनुसार राजस्व तिरेका छौ। तर उद्यमीको लागि सरकारको तर्फबाट हुने सहयोग न्यून भएको गुनासो शाक्यको छ। अन्तर्राष्ट्रिय बजार फस्टाएको अवस्थामा नेपाली उत्पादन ‘अलि बाबा’(अन्तर्राष्ट्रिय अनलाइन बजार) बेच्न सक्ने स्थिति सिर्जना हुनुपर्छ। दराज(नेपाल)मा मात्रै समान बेचेर हामी मख्ख परिरहेको अवस्था छ। अन्तर्राष्ट्रिय बजारमा सामान बेच्न सक्नुपर्छ। नेपालमा पेमेन्ट गेटवे प्रणाली राम्रो नभएको गुनासो शाक्यको छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ३२ बजे

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको

आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

चितवन – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा