कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक « Khabarhub

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०–८५’ सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालयले ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरूको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो ।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताए । 

‘आँखा संवेदनशील अङ्ग हो, बचाउन संयम हुनुपर्दछ । यसैका लागि बनेको रणनीति कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्दछ,’ उनले भने, ‘रणनीतिमा समावेश गरिएका विषयवस्तुहरुमा केन्द्रित भएर काम गर्नुपर्दछ । जसले यहाँका जनताको आँखा स्वास्थ्य सेवामा उल्लेख्य भूमिका खेलोस् ।’

उनले रणनीतिले लिएको ध्येय, लक्ष्य र उद्देश्य पूरा हुने गरी काम गर्न स्थानीय तह, प्रदेश सरकार, अर्ध सरकारी, साझेदार निकायसहित सबै सरोकारवालाहरुको उत्तिकै दायित्व रहेको बताए ।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताए । उनले भने, ‘दस्तावेज एउटा साधन हो साध्य होइन । यसलाई पूर्णता दिन हामीले प्रयोगमा ल्याउनु पर्दछ र नागरिकलाई अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्दछ ।’

उनले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाए ।

कार्यक्रममा आँखा स्वास्थ्यको ग्लोबल, राष्ट्रिय तथा प्रादेशिक सिनारियोका बारेमा परामर्शदाता डा. अनिल सुवेदीले आफ्नो प्रस्तुति राखेका थिए ।

त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक डा. शक्तिप्रसाद सुवेदीले कर्णाली प्रदेशको आँखा स्वास्थ्य रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ३२ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क