‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’ « Khabarhub

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन् ।

ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडो भाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवस कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट गरे ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली पूर्वराजदूत आचार्यले भने, ‘ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पुर्‍याउनु पर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि संग्रहालय खोल्नुपर्छ ।’

सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसंगीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राखे ।

गायिका तामाङले गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र संगीत क्षेत्रका सर्जकले बताए । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा गाइने गरिन्छ ।

उनले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गरेकी छन् । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उनले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराएकी हुन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ५० बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको