'अब ताला तोडेर विश्वविद्यालय चलाइन्छ' | Khabarhub Khabarhub

‘अब ताला तोडेर विश्वविद्यालय चलाइन्छ’



विकासको पूर्वाधार नै शिक्षा हो। मानव समुदायमा शिक्षाको महत्त्व ठुलो छ। शिक्षा कस्तो बनाउने भन्ने कुरा त्यो देशको सरकार त्यो देशको राजनेताहरूले गम्भीर भएर सोच्नुपर्छ।

नेपालमा राजनीतिक दलहरूले विश्वविद्यालयलाई भागबन्डा नगरेर त्यहाँका पदाधिकारी प्रतिस्पर्धाबाट ल्याइदिएको भए, योग्य र भिजन भएको लिडर आइदिएको भए, नयाँ-नयाँ पाठ्यक्रम बनाइदिएको भए, प्राध्यापकहरू क्षमताका आधारमा प्रतिस्पर्धा गरेर ल्याइदिएको भए, कर्मचारीहरू पनि आइटी जानेर दुनियाँ बुझ्नेखालको ल्याइदिएको भए विश्वविद्यालयमा ताला लाग्दैनथ्यो। वितृष्णा हुँदैनथ्यो। यी सबै कुरा व्यवहारमा लागू गरेको भए हामी पनि अरु देशका मानिस जस्तै अगाडि जान सक्छौँ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अब राजनीतिक भागबन्डाका आधारमा ल्याउने भीसीलाई अन्त्य गरौँ, त्रिभुवन विश्वविद्यालयबाट भागबन्डा हैन, अब क्षमताका आधारमा भीसीहरू ल्याऊँ, यसो गर्दा नेपाली वा विदेशमा रहेकाले प्रतिस्पर्धा गर्न पाउने कुरा भन्नु भएको छ। अब राष्ट्रिय सहमति गरेर भिजनमा जाने योग्य मान्छे आए राम्रो हुन्छ।

नेपालमा राजनीतिक दलहरूले विश्वविद्यालयलाई भागबन्डा नगरेर त्यहाँका पदाधिकारी प्रतिस्पर्धाबाट ल्याइदिएको भए, योग्य र भिजन भएको लिडर आइदिएको भए, नयाँ-नयाँ पाठ्यक्रम बनाइदिएको भए, प्राध्यापकहरू क्षमताका आधारमा प्रतिस्पर्धा गरेर ल्याइदिएको भए, कर्मचारीहरू पनि आइटी जानेर दुनियाँ बुझ्नेखालको ल्याइदिएको भए विश्वविद्यालयमा ताला लाग्दैनथ्यो।

शिक्षालाई प्रभावकारी बनाउन कुनै पनि विश्वविद्यालय प्रभावकारी बनाउनुपर्छ। त्यसका लागि विश्वविद्यालयका आधारभूत भौतिक संरचना राम्रो हुनुपर्छ। त्यसका लागि सरकारले आर्थिक संरचना तयार गर्नुपर्छ। अर्को, सक्षम शिक्षकहरू र राम्रा, प्रतिस्पर्धा गरेर ल्याएका प्रोफेसरहरू हुनुपर्छ।

आफूले उत्पादन गरेका मान्छे सीपमूलक छन् कि छैनन्, त्यस्तो पाठ्यक्रम बनाउनुपर्छ । पुराना पाठ्यक्रम बनाएर हुँदैन। डिग्री इङ्लिसमा गर्छ अङ्ग्रेजीमा निवेदन गर्न आउँदैन। नेपालका विश्वविद्यालयले राज्यको पैसा मात्र खाएर हुँदैन, विद्यार्थीलाई काम गर्दै कमाउँदै र पढ्दै काम गर्न सक्ने खालको शिक्षा ल्याउन सक्नुपर्छ । सम्बन्धित विषयका अलग-अलग योजनाहरू ल्याउनुपर्छ।

युनिभर्सिटी विश्वव्यापी हुन्छ। उसले ल्याउने कार्यक्रमलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो सबै गरेर उत्पादन भएका विद्यार्थीहरू यहाँ मात्र हैन, अन्तर्राष्ट्रिय रूपमा पनि सक्षम हुन्छन्।

यो देशको माटो र राष्ट्रप्रति माया गर्ने हाम्रा नयाँ सन्ततिको भविष्य बनाउन अहिले दुर्भाग्यपूर्ण अवस्था छ। २०६५ देखि ०८० को बीचमा ६ लाख ३३ हजार ४ सय १८ जना नेपाली विद्यार्थी संसारका ७२ वटा देशमा ५६ वटा विषय पढ्न गएको देखिन्छ। त्यसको पैसा जोड्ने हो भने एक वर्षमा १-१ खर्ब जोड्दा नेपालको बजेटको आधा भन्दा बढी, ७ खर्ब भन्दा रकम विदेश गएको छ। यत्रो पैसा बाहिर जाँदा शिक्षा मन्त्रालयले एनओसी दिएको छ। देश कंगाल भयो अब। अहिले १२ पढ्ने बित्तिकै बाहिर जान दिएको छ भने यहाँ को पढ्न आउँछ ? बाहिरको त आउँदैनन्।

आफूले उत्पादन गरेका मान्छे सीपमूलक छन् कि छैनन्, त्यस्तो पाठ्यक्रम बनाउनुपर्छ । पुराना पाठ्यक्रम बनाएर हुँदैन। डिग्री इङ्लिसमा गर्छ अङ्ग्रेजीमा निवेदन गर्न आउँदैन। नेपालका विश्वविद्यालयले राज्यको पैसा मात्र खाएर हुँदैन, विद्यार्थीलाई काम गर्दै कमाउँदै र पढ्दै काम गर्न सक्ने खालको शिक्षा ल्याउन सक्नुपर्छ ।

त्यसैले नेपालका ७ प्रदेशमा ३ देखि ५ हजार एमबीबीएस पढ्ने कलेजहरू खोलौँ। एक-दुई हजार इन्जिनियर पढ्ने कलेजहरू खोलौँ। अनि खर्बौँ रुपैयाँ जोगिन्छ।

बिग्रिएका विश्वविद्यालय सुधार गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्छ

राज्य सत्तामा बसेका दल मिलेर राष्ट्रिय सहमति गरेर शिक्षा र खेलकुद, स्वास्थ्य, नेपालको ब्युरोक्रेसी कर्मचारीतन्त्र, नेपालका सुरक्षा निकाय, नेपालको न्यायालयमा राजनीति गर्न बन्द गर्नुपर्छ। यसरी जाने हो भने आउँदो १० वर्षमा नेपालको विकास गर्न सक्छौँ। यो कुरामा नेपालको नेतृत्व लाग्नु पर्छ।

यो देशमा राजनीतिक दलका भातृ सङ्गठनका रूपमा चलेका प्राध्यापक र तीबाट चलेका कर्मचारी, तिनका विद्यार्थीले ताला लगाउने नारा लगाउने गर्छन्। यो देश कसरी चल्छ त ? अहिले गगन थापाहरूले यो कुरा उठाउनु भएको छ, त्यसैले केही आशा पलाएको छ। प्रधानमन्त्री लगायतले राजनीतिक दलहरूसँग सहकार्य गरेर जाने हो भने बिग्रेको विश्वविद्यालयलाई राम्रो बनाउन सकिन्छ।

मध्यपश्चिम विश्वविद्यालयको सुधार
म आउँदा मध्यपश्चिम विश्वविद्यालयमा सात हजार विद्यार्थी संख्या थियो। अहिले १३ हजार छ। म आउने बित्तिकै चार वर्षअघि युनिभर्सिटीमा एकेडेमिक क्यालेन्डर सुरु गरेँ। अहिले चौथो एकेडेमिक क्यालेन्डर गइरहेको छ। यो तीन-चार वर्षमा ४५ दिन भन्दा अगाडि नतिजा निकाल्न सुरु गरेका छौँ। हाम्रो क्यालेन्डरलाई आधार मानेर अहिले अरु विश्वविद्यालयले पनि एकेडेमी क्यालेन्डर निर्धारण गरेका छन्।

मध्यपसिश्चममा नयाँ कोर्स स्टडी सुरु गरिएको छ। ४० प्रतिशतको थ्यौरी र ४० प्रतिशतको अप्लाइड हुने गरी नयाँ कोर्स सुरु गरिएको छ। यसबाट एउटा मान्छे स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्छन्। यसका लागि १० देशको मोडेल मध्यपश्चिम विश्वविद्यालयले अपनाएको छ।

यो देशमा राजनीतिक दलका भातृ सङ्गठनका रूपमा चलेका प्राध्यापक र तीबाट चलेका कर्मचारी, तिनका विद्यार्थीले ताला लगाउने नारा लगाउने गर्छन्। यो देश कसरी चल्छ त ? प्रधानमन्त्री लगायतले राजनीतिक दलहरूसँग सहकार्य गरेर जाने हो भने बिग्रेको विश्वविद्यालयलाई राम्रो बनाउन सकिन्छ।

अर्को, मध्यपश्चिम विश्वविद्यालयले कमन फाउन्डेसन कोर्स १५ क्रेडिट अफ ब्याचलर र ९ क्रेडिट डिग्रीलाई बनाएको छ। त्यसले यो योग्य मान्छे हुनका लागि आइटी र इङ्लिसदेखि प्रपोजल लेख्ने कुराहरू हालेर हामीले नयाँ मोडल बनाएका छौं। नयाँ पाठ्यक्रममा २१ प्रतिशत भन्दामाथि इनोभेटिभ कोर्स राख्ने, जसमा विद्यार्थीहरू फिल्डमा जाने, एउटा प्रादेशिक परीक्षाको टिचिङको नयाँ मोडल सुरु गरेका छौँ।

अहिले हामीले दुईतारे होटल, सुइमिङपुल, ३/४ करोडको हर्बलको ल्याब, त्यसमा साबुन र तेल उत्पादन गर्ने टेस्टिङ ल्याब र जलवायु परिवर्तनका ल्याबहरू सेटअप गरिसकेका छौँ। हामी आएको ४ वर्षमा मध्यपश्चिम विश्वविद्यालय भौतिक हिसाबमा आमूल परिवर्तन भएको छ। कक्षाकोठामा कार्पेट छ। प्राइभेट भन्दा राम्रो शौचालय बनाएका छौँ। हाम्रो विद्यालयले उत्पादन गरेका फूलहरू बिक्री भएका छन्।

विश्वविद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु हुँदैन
दुर्गमबाट सहरमा जाने, पैसा भएकाहरू विदेश जाने सबैतिर छ। विदेश जानेलाई रोक्न नेपालका विश्वविद्यालयहरूलाई राजनीतिक क्रिडास्थल बनाउनु हुँदैन। विश्वविद्यालयमा आमूल परिवर्तन हुनुपर्छ। सरकार र राजनीतिक दलहरूले यसमा राष्ट्रिय सहमति नगरेसम्म विद्यार्थी रोक्न सकिँदैन।

अहिले हामीले दुईतारे होटल, सुइमिङपुल, ३/४ करोडको हर्बलको ल्याब, त्यसमा साबुन र तेल उत्पादन गर्ने टेस्टिङ ल्याब र जलवायु परिवर्तनका ल्याबहरू सेटअप गरिसकेका छौँ। हामी आएको ४ वर्षमा मध्यपश्चिम विश्वविद्यालय भौतिक हिसाबमा आमूल परिवर्तन भएको छ।

तर, हाम्रोमा विद्यार्थी बढेका छन्। नयाँ-नयाँ विषय सुरु गरेका छौँ। हामीले उत्पादन गरेका विद्यार्थीहरू नेपालमा रहन सक्ने र बाहिर नै गए पनि योग्यताका आधारमा बिक्री हुनसक्ने बनाउने अभियान सुरु भएको छ। सरकारले केमा कति अनुदान चाहिन्छ भनेर भन्नुपर्छ। औद्योगिक क्षेत्र उत्पादन गर्नुपर्छ। त्यहाँ लाग्ने युवा विश्वविद्यालयबाट उत्पादन हुन्छन्।

कर्णाली नेपालको सबै भन्दा दुर्गम प्रदेशमा पर्छ। यसमा नेपालको २३ प्रतिशत भूभाग पर्छ। १६-१७ करोड जनसंख्या भएको प्रदेश हो। यहाँ आइटी भए सहज हुन्थ्यो भन्ने मेरो मान्यता हो। गाउँ गाउँमा लोकल रिसोर्टहरु प्रयोग गरेर लोकल प्यानल सोलार प्रयोग गरेर इन्टरनेट सुविधा छ। हामीले पहिलो पटक नै स्मार्ट मोबाइलबाट ८०/९० प्रतिशत विद्यार्थीलाई अनलाइनमा ल्यायौँ। फिजिकलमा भन्दा अनलाइनमा राम्रो भयो।

त्यसपछि हामीले अर्को प्रोजेक्ट सुरु गर्यौं मध्यपश्चिम विश्वविद्यालयलाई पूर्ण डिजिटलाइज्ड गर्ने। हाम्रा डेटाहरू अपडेट भएका छन्। हामी अबको एक डेढ वर्षपछि पेपरलेस युनिभर्सिटी बनाउँछौँ। अरु विश्वविध्यालयलाई यो सिस्टम बनाउन अझै समय लाग्छ। हामी सफल भइसकेका छौँ। अब यसलाई लागू गरेर अगाडि जान्छौँ।

तालाबन्दीको समस्या

मेरो विरुद्धमा ११५ वटा मुद्दा लागेका छन्। भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता जसले नारा लगाएर आयो, म आउँदा मध्यपश्चिम विश्वविद्यालयमा साढे ४० करोड बेरुजु थियो। अहिले मैले त्यसलाई ५ करोडको हाराहारीमा ल्याएको छु। त्योबेला देउवाले मलाई धन्यवाद र बधाई पनि दिनुभएको थियो। अहिले नेपालका विश्वविद्यालयमा बेरुजु फर्छ्यौट गर्ने हामी अग्रपङ्तिमा छौँ।

तालाबन्दीको कुरा गर्दा झ्यालबाट जानुपर्ने स्थिति छ। १८ पटक वार्ता गर्दा पनि वार्ता नमिल्ने स्थिति छ। एकेडेमिक कुरा छैनन्, पदका कुरा छन्। नहुने कुरा छन्। विश्वविद्यालयमा सरकारले सम्बन्धन देऊ भन्छन्। सबै विश्वविद्यालयले दिएका छन्। मैले सम्बन्धित डेटा नदिएको भनेर ताला लगाउँछन्। यहाँभित्र खाएर बसेकाको अर्कै माग छ तर म कसैलाई खान दिन्नँ।

हाम्रो शैक्षिक सत्रमा कुनै पनि ताला लागेका छैनन्, क्लासहरू राम्रोसँग भएका छन्। अहिले मेरो केन्द्रीय कार्यालयमा मात्र लगाएका छन्। त्यो पनि वार्ता गरौँ भनेको, १८ पटक वार्ता गर्यौं, मिलेनन्। अब हामी तोडेर विश्वविद्यालय चलाउँछौँ।

हाम्रो शैक्षिक सत्रमा कुनै पनि ताला लागेका छैनन्, क्लासहरू राम्रोसँग भएका छन्। अहिले मेरो केन्द्रीय कार्यालयमा मात्र लगाएका छन्। त्यो पनि वार्ता गरौँ भनेको, १८ पटक वार्ता गर्यौं, मिलेनन्। अब हामी तोडेर विश्वविद्यालय चलाउँछौँ।

यो कुरा सरकारले र गृहमन्त्रीज्यूले घोटाला गर्नुहुन्छ कि अब वार्ता। उनका केन्द्रीय सङ्गठनहरूले ताला लगाउनु हुँदैन भन्नुहुन्छ तर उनीहरूका स्थानीय संगठनले ताला लगाउँछन्। किनभने, तिनको व्यक्तिगत स्वार्थ छ। यो सबैलाई तह लगाएर प्रशासनले आफ्नो ठाउँबाट काम गरोस्। गलत काम गर्ने मान्छेलाई तह लगाइएन भने नेपालको शिक्षा ठीक ठाउँमा जाँदैन।

‘हेलमेट टिचर’को विकृति
मैले स्थायी शिक्षकले दुई ठाउँमा पढाउन पाउनु हुँदैन भनेको छु। आफैं घोषणा गर्नुहोस्। धेरैले आफ्नो नाम दिएका छैनन्, लुकाएर राखेका छन्। त्रिभुवन विश्वविद्यालयका अरु विभिन्न ठाउँका प्राइभेट कलेजको सम्बन्धन लिएर प्राइभेट कलेज चलाएर यहाँका प्राध्यापक मध्यपश्चिम विश्व विद्यालयमा प्राध्यापक हुने, यहाँ १० प्रतिशत समय दिने र ९० प्रतिशत उसको प्राइभेट कलेजमा दिने गर्छन्। तिनीहरूले विद्यार्थीलाई राति एक ठाउँमा जम्मा गराएर बिगार्ने र भोलिपल्ट विद्यालयमा ताला लगाउने गर्छन्। ती विद्यार्थीलाई आफ्नो ठाउँमा लग्ने गरेका छन्। यस्तो छ त यो देश कसरी अगाडि बढ्छ ?

त्रिभुवन विश्वविद्यालयका अरु विभिन्न ठाउँका प्राइभेट कलेजको सम्बन्धन लिएर प्राइभेट कलेज चलाएर यहाँका प्राध्यापक मध्यपश्चिम विश्व विद्यालयमा प्राध्यापक हुने, यहाँ १० प्रतिशत समय दिने र ९० प्रतिशत उसको प्राइभेट कलेजमा दिने गर्छन्।

यहाँका राजनीतिक दललाई बोलाएर मैले भिजिट गराएँ। त्यसमा राजनीतिक दलबाहेक सबै आए। त्यसैले म र मेरो टिमले गरेको काम फिल्डमा आएर हेर्दा हुन्छ। अहिले दुई चार जना विद्यार्थीले ताला लगाएका छन्, त्यसमा हामी वार्ता गर्छौँ अब पनि वार्ता मिलेन भने हामी तोड्छौँ। (मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँग रेडियो क्यानडिडका लागि कृष्ण तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ४४ बजे

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौँ– सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री

बालेन्द्रको विरोधमा कालो ब्यानर !

काठमाडौं- संघीय राजधानीको चर्चित बजार हो– काठमाडौंको न्युरोड । देशमा

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार खर्चको अभाव

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु

कोदोबाट बिस्कुट उत्पादन

बागलुङ– पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट

विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम (चौथो)