साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै | Khabarhub Khabarhub

साउदी प्रो लिग : हल हिलालको अग्रता कायमै


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अग्रता कायमै राखेको छ । गए राति भएको खेलमा अभालाई ७–० गोल अन्तरले हराउँदै आफ्नो अग्रतालाई फराकिलो बनाएको हो ।

हिलालका सर्ज मिलिंकोभिक सेभिकले ह्याट्रिक गरेका थिए भने एलेजान्डर मिट्रोभिक, अल दाब्सरी, मोहम्मेद कान्नो र कप्तान रुवेन नेभसले एक–एक गोल गरेका थिए ।

यो जितसँगै १८ खेलबाट अपराजित यात्रालाई निरन्तरता दिएको अल हिलाल ५० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । अल हिलालले क्रिष्टियानो रोनाल्डो सम्मिलित अल नासरसँग १३ अंकको अग्रता बनाएको छ । दुई खेल कम खेलेको अल नासरको ३७ अंक छ ।

यस्तै, तेस्रो स्थानको अल अहलीले ३४ अंक जोडेको छ । अहलीले १७ खेल खेलेको छ । अल हिलालसँग पराजित भएको अभा १४ अंकसहित १६औँ स्थानमा छ ।  

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : ०४ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ