इंग्ल्याण्डविरुद्धकाे टी–२० सिरिज वेस्टइन्डिजलाई « Khabarhub

इंग्ल्याण्डविरुद्धकाे टी–२० सिरिज वेस्टइन्डिजलाई


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वेस्टइन्डिजले इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिज ४ विकेटले विजयी भएसँगै सिरिज ३–२ ले जितेको हो ।

इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १९ ओभर २ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

वेस्टइन्डिजका लागि शाई होपले अविजित ४३ रनको योगदान गरे । यसैगरी, शेर्फान रादरफोर्डले ३०, जोनसन चार्ल्सले २७ र निकोलस पुरनले १० रन बनाए ।
इंग्ल्याण्डका आदिल राशिद र रिस टोप्लीले दुई–दुई तथा क्रिस वोक्स र साम करनले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले  १९ ओभर ३ बलमा अल आउट हुँदै १ सय ३२ रन बनाएको थियो ।

योसँगै पाँच खेलको टी–२० सिरिज वेस्ट इन्डिजले ३–२ ले जितेको छ । यसअघि वेस्टइन्डिजले ४ विकेट र १० रन तथा इंग्ल्याण्डले ७ विकेट र ७५ रनको जित निकालेका थिए । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ०४ बजे

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा