चार्ल्स विश्वविद्यालयमा एक युवकबाट अन्धाधुन्ध गोली प्रहार, १४ जना मारिए « Khabarhub

चार्ल्स विश्वविद्यालयमा एक युवकबाट अन्धाधुन्ध गोली प्रहार, १४ जना मारिए


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

प्राग– युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् ।

समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा अध्ययनरत ती विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा भागदौड मच्चिएको थियो ।

ती विद्यार्थीले आफ्नो बुबाको गोली हानी हत्या गरेपछि प्राग विश्वविद्यालयमा गोली चलाएका थिए । चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको जनाइएको छ ।

चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उक्त घटना पछि बसेको विशेष मन्त्रिपरिषद बैठकले   मारिएकाहरूको सम्झनामा डिसेम्बर २३ का दिन मध्य युरोपेली देशहरूमा शोकको घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ३४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल