चार्ल्स विश्वविद्यालयमा एक युवकबाट अन्धाधुन्ध गोली प्रहार, १४ जना मारिए | Khabarhub Khabarhub

चार्ल्स विश्वविद्यालयमा एक युवकबाट अन्धाधुन्ध गोली प्रहार, १४ जना मारिए


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

प्राग– युरोपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १४ जना मारिएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागस्थित चार्ल्स विश्वविद्यालयमा एक २४ वर्षीय युवकले गोली चलाउँदा भएको घटनामा १४ जना मारिनुका साथै २५ जना घाइते भएका छन् ।

समाचारसंस्था रोयटर्सका अनुसार गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । मानविकी सङ्कायमा अध्ययनरत ती विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा भागदौड मच्चिएको थियो ।

ती विद्यार्थीले आफ्नो बुबाको गोली हानी हत्या गरेपछि प्राग विश्वविद्यालयमा गोली चलाएका थिए । चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमण भएको जनाइएको छ ।

चेक गणराज्यका राष्ट्रपति पीटर पावेलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उक्त घटना पछि बसेको विशेष मन्त्रिपरिषद बैठकले   मारिएकाहरूको सम्झनामा डिसेम्बर २३ का दिन मध्य युरोपेली देशहरूमा शोकको घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ३४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग