मन्त्री किरातीको अभिव्यक्ति संविधानविपरीत : जनमोर्चा « Khabarhub

मन्त्री किरातीको अभिव्यक्ति संविधानविपरीत : जनमोर्चा


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अभिव्यक्ति संविधान विपरीत एवं बिखण्डनवादीलाई मद्दत  पुर्‍याउने खालको भएको बताएको छ । 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क्रिश्चियन नमान्नेहरू संविधान नमान्नेहरू हुन्, तिनलाई जेल कोचौँ भनी मन्त्री सुदन किरातीले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको राष्ट्रिय जनमोर्चाले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछ ।’ केसीले अगाडि भनेका छन्, ‘नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्म निरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वैष फैलाउने कुरा सामाजिक सद्भाव बिथोल्ने कुरा हो ।’

मन्त्री जस्तो जिम्मेवार व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी अभिव्यक्ति दिएको बताउँदै केसीले भनेका छन्, ‘यो अभिव्यक्ति न संविधान सम्मत छ, न त मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको छ ।’

जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल नपुर्‍याउन केसीले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : २१ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त