हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि « Khabarhub

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो । 

विगतमा संघीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ । कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ । जसअनुसार प्रदेश सरकारले हेटौँडा अस्पतालमा थप दुई सय श्यया थप्न लागेको हो । 

हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० श्ययामा ४० थपगरेर सय पुर्‍याउने र प्रदेश सरकारले थपेको दुई सय श्यया गरी कुल तीन सय श्ययाको क्षमतामा अस्पताल सञ्चालन हुने समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिए। 

हेटौँडा अस्पताल तीन सय श्ययामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ । विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी थप गरेपछि सेवामा पनि विस्तार गर्न सकिने उनले बताए । तीन सय श्यया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मिर्गौलासम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उनले बताएका छन् । अस्पताल स्तरवृद्धि भएसँगै  प्रतिष्ठानलाई एमबीबीएस र एमबी अध्यापनको लागि बाटो पनि खुलेको छ ।

अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ श्ययाको आइसियु र एचडियु सञ्चालन गरिएको छ । विगतमा सातवटा श्ययाबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ श्यया रहेको सदस्य चौलागाईंले जानकारी दिए । अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालन हुँदैछ । एनआइसियु सञ्चालनको तयारीमा रहेको उनले बताएका छन् । विगतमा एउटा शल्यक्रिया कक्षबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म शल्यक्रिया कक्ष सञ्चालन हुनेछ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको रु पाँच करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो । हाल अस्पतालमा चिकित्सक करिब ६६ सहित कुल कर्मचारी दुई सय ९१ जना रहेका छन् । तीन सय श्ययामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यकता पर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : २७ बजे

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने