बालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा एक जना पक्राउ « Khabarhub

बालिकालाई यौनजन्य कार्यमा लगाएको आरोपमा एक जना पक्राउ


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका चार जना बालिकालाई उद्धार गरी उक्त कार्यमा संलग्न सुमनलाई पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल-गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल-गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४५ बजे

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी