तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता  « Khabarhub

तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले वडा-वडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।  गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ ।

गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरिएको तामाकोशी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले जानकारी दिए ।

पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्न सुरु गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इन्जिनियर पालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।

७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ बाट योजना सम्झौता गर्ने कार्य सुरु गरिएको छ भने बाँकी रहेका वडामा पनि सम्झौता भइरहेको गाउँपालिकाले जनाएको छ ।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको गिरिले बताए ।

उनले भने  ‘‘सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ । जनताको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गर्न लागिएको अध्यक्ष केसीको भनाइ छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ५४ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको