तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता  « Khabarhub

तामाकोशीका वडा-वडामै पुगेर योजना सम्झौता 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तामाकोशी गाउँपालिकाले वडा-वडामा पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समितिमार्फत गरिने योजनाहरू वडामै पुगेर सम्झौता गर्न सुरु गरेको हो ।  गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ ।

गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरिएको तामाकोशी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले जानकारी दिए ।

पालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गर्न सुरु गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इन्जिनियर पालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिएको छ ।

७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ बाट योजना सम्झौता गर्ने कार्य सुरु गरिएको छ भने बाँकी रहेका वडामा पनि सम्झौता भइरहेको गाउँपालिकाले जनाएको छ ।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि गाउँपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा-वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको गिरिले बताए ।

उनले भने  ‘‘सरोकारवाला सबै वडामै भेला भएर आ–आफ्नो योजना सम्झौता गर्न सकिने भएकाले उपभोक्तालाई सहज हुन्छ । जनताको घर आँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुवात गर्न लागिएको अध्यक्ष केसीको भनाइ छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ५४ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले