चार हजार कछुवा बरामद « Khabarhub

चार हजार कछुवा बरामद


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पेरु– पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामद  गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ ।

राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले  विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ । 

विज्ञप्तिका अनुसार बरामद गरिएका बच्चा कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए । पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारको महासन्धि साईटिसमा सूचीबद्ध छन्।

अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घले कछुवालाई लोप हुने जोखिममा रहेको सूचीमा राखेको छ ।  इन्टरपोलका अनुसार अवैध वन्यजन्तु उत्पादनको कालो बजार प्रति वर्ष २० अर्ब डलरसम्मको हुन्छ  । परिणामस्वरूप धेरै प्रजातिलाई लोप हुने सङ्घारमा धकेलिरहेको छ ।

साइटिसले कछुवाहरू संसारमा सबैभन्दा खतरामा परेका जनावरहरूमध्ये एक भएको बताएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ०० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको