पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय प्रदीप बुढाथोकी रहेका छन् ।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी एक लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ०० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन