क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग « Khabarhub

क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै जुत्ता उद्योग


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालका जुत्ता उद्योगले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दै आएका छन् । वैध, अवैधरुपमा विदेशबाट आयात र निर्यात घट्दा नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

फुटवयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेका अनुसार नेपाली जुत्ता उद्योगसँग वार्षिक १६ करोड हाराहारी जोर जुत्ता उत्पादन गर्ने क्षमता छ । नेपालमा एक हजार पाँच सय उद्योग छन् । ती उद्योगमध्ये एक हजार दुई सय लघु उद्योग, दुई सय मझौला र एक सय ठूला उद्योग छन् । ती उद्योगले दैनिक एक हजारदेखि एक लाख जोरसम्म जुत्ता उत्पादन गर्दछन् ।

यी उद्योगमा रु ३० अर्ब लगानी रहेको र त्योमध्ये ६० प्रतिशत बैंक ऋण रहेको उनले जानकारी दिएका छन् । अध्यक्ष घिमिरेका अनुसार क्षमता धेरै भए पनि झण्डै ४० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । हाल नेपालको बजारमा वार्षिक १० करोड जोर जुत्ता माग रहेको अनुमान छ । नेपाली बजार ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी जुत्ताले ओगटेको छ ।

भूकम्पअघि वार्षिक तीन करोड हाराहारी जोर जुत्ता निर्यात हुँदै आएकोमा अहिले ६५ लाख हाराहारीमा झरेको छ । सबैभन्दा बढी भारतमा र बाँकी १८ देशमा नेपाली जुत्ता जाने गरेको उनले बताएका छन् । एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेका अनुसार सरकारले नीति कार्यान्वयन नगर्दा समस्या आएको बताएका छन् । चोरीपैठारी हुने गरेको, न्यून बिजीकरणको समस्या हुने गरेको, दक्ष कामदारको अभाव, बैंकको ब्याज महँगो हुनुजस्ता कारण नेपाली उद्योगले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । कच्चा पदार्थको भन्सारदर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याइँदा लागत बढेको छ ।

उनको भनाइमा राजनीतिक अस्थिरताका कारण उच्च तहमा रहेका कर्मचारी छोटो समयमा परिवर्तन हुने गरेकाले आफ्नो समस्याको सुनुवाइ हुन नसकेको हो । यो व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति नेपाली नहुँदा आधा विदेशी कामदार छन् । पूर्ण क्षमतामा उद्योग चल्न सकेमा एक लाख २५ हजारले रोजगारी पाउने न्यौपानेले बताए ।

एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार फुँयालका अनुसार व्यवसायी सङ्गठित भएर बजार प्रवर्द्धन गर्दै आएका छन् । नेपालका प्रमुख सहरमा धेरै उद्योगका सोरुम एकै ठाउँमा सञ्चालनमा ल्याउने गरेका छन् । गत वैशाखदेखि सोरुम सञ्चालन गर्न थालिएको हो । हालसम्म बुटवल, पोखरा, जनकपुर, काठमाडौँ, ललितपुरको सातदोबाटो र नारायणगढमा सोरुम सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ३४ बजे

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी