लागूऔषधसहित ११ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ११ जना पक्राउ


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका-१६ न्यु पशुपति मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ३० मिलिग्राम र नगद ४ हजार ८ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  । 

बर्दियाको बढैयाताल गाउँपालिका-७ रानिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्रामसहित सोही गाउँपालिका-३ तमौलिपुर बस्ने ३० वर्षीय विमल परियारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आँउदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

उदयपुरको कटारी नगरपालिका-४ सिम्लेबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय होम बहादुर जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका-१ दुबिचौरबाट अवैध लागूऔषध गाँजा ४० किलो ७ सय ग्रामसहित सोही ठाउँ बस्ने २०  सुरेन्द्र चेपाङ समेत ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका-१६ सिंहाई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१६ नागवा बस्ने १९ वर्षीय सुनिल साह तुरहा र ३३ वर्षीय विशाल पटेल रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५७ प ४४८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ४२ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला