पाट्नेखोला पुल र सडक शिलान्यास « Khabarhub

पाट्नेखोला पुल र सडक शिलान्यास


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– सहरी विकासमन्त्री सीता गुरुङले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ मा रहेको पाट्नेखोला पुल र पाट्नेखोला–नयाँबस्ती–दुर्लुङखोला सडकको शिलान्यास गरेकी छन् ।

जिल्लाको बेथानचोक गाउँपालिकादेखि बागमती प्रदेश हेटौँडा जोड्ने सडकका रुपमा विकास गर्न लागिएकोले उक्त खोलामा पक्की पुल निर्माण र खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–फापरबारी हेटौँडा जोड्ने सडकको शिलान्यास गरेकी हुन् । 

कार्यक्रममा मन्त्री गुरुङले पुल निर्माणसँगै बन्न लागेको सडक सञ्जाल वैकल्पिक सहायक राजमार्गका रुपमा विकास गर्ने क्रममा रहेको बताइन् । ‘स्थानीयस्तरमा परेका योजना समयमा सम्पन्न गर्दा जनतालाई सहज हुन्छ । आयोजना समयमा नै सम्पन्न गर्नका लागि सहयोग र खबरदारी गर्न आवश्यक छ’, उनले भनिन्, ‘अहिले शिलान्यास गरेको पुल र सडक अबको दुई-तीन वर्षभित्रमा सम्पन्न गरी प्रदेश राजधानी हेटौँडा यही मार्ग भएर जान सकिने गरी काम गर्नेछौँ ।’

पुलसँगै पालिकाको मागका आधारमा खोपासी–ढुङ्खर्क–च्याम्राङबेंसी–फापरबारी हेटौँडा जोड्ने सडक निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रू दुई करोड र बेनाथचोकको वडा नं २ र ३ का बस्ती विकासअन्तर्गत रू ४० लाख बजेटको व्यवस्थापन गरिएको मन्त्री गुरुङले जानकारी दिइन्। उनले बेथानचोक गाउँपालिकामा पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बन्न लागेको पुल बेथानचोक–१ का बासिन्दालाई मात्रै सुविधा पुग्ने नभएर खानीखोला हुँदै प्रदेश राजधानी हेटौँडासम्म जोड्ने भएकाले सबैको पहुँचमार्ग बन्ने बताइन् ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले भूकम्पका बेलामा आपत्कालीन परियोजनाअन्तर्गत खोपासी हुँदै गाउँपालिकाको केन्द्र भएर डाँडापारि हेटौँडा जोड्ने सडकका लागि बजेट परेर सडक विस्तार भएको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप अहिले सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएको बताए । पालिकाले विकास निर्माणको काममा भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य पशुसेवा र कृषि तथा पर्यटन विकासलगायत कामलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

अध्यक्ष अधिकारीले वडा नं १ को तीनतले झरना, २ को शिवपार्वती गुफा बेथानचोक नारायणस्थान लगायतका क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले अघिल्लो कार्यकालमा रहेका योजनालाई पूर्णता दिँदै नयाँ योजनालाई अगाडि बढाउने क्रममा बजेट सुनिश्चित गरी पुल र सडकको शिलान्यास गर्न सफल भएको बताइन् ।

पाट्नेखोलामा पुल निर्माणका लागि विसं २०८० कात्तिक २२ गते रू चार करोड ५६ लाख ६४ हजार एक सय ३२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८१ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ३५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड