आर्थिक

नेपाल बैंकको कार्यकारी अधिकृतमा तिलक राज पाण्डे नियुक्त

By खबरहब

December 22, 2023

काठमाडौं – नेपाल बैंकको कार्यकारी अधिकृत (सिईओ)मा तिलक राज पाण्डे नियुक्त भएका छन् । आज बसेको बैंकको छनोट समितिले पाण्डेलाई सिइओमा नियुक्त गरेको हो ।

सिइओको प्रतिस्पर्धामा पाँच जनाको नाम छनोट भएको थियो । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेलाई सिइओ नियुक्त गरिएको हो ।

सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए। खुला प्रतिस्पर्धाबाट सिइओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।