भागबण्डा पुर्‍याउन लुम्बिनीमा मन्त्रालय फुटाउने गरी नियमावली हेरफेर « Khabarhub

भागबण्डा पुर्‍याउन लुम्बिनीमा मन्त्रालय फुटाउने गरी नियमावली हेरफेर


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

देउखुरी – मन्त्रालय बढाएर भागबण्डा मिलाउन लागि परेको लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसुची १ र २ हेरफेर गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै मन्त्रालयको कार्यविभाजन र जिम्मेवारी दिन बाटो खुलेको छ ।

प्रदेशमा कायम रहेका १० वटा मन्त्रालयबाट संख्या बढाउन र मन्त्रालयको नाम फेरवदल गर्न सक्नेगरी सरकारले बाटो खोलेको हो ।

लुम्बिनीमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएको ९ महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

कार्य विभाजन नियमावली हेरफेरसँगै भागबन्डामा नेपाली काँग्रेस र माओवादीबाट मन्त्रीहरु थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिने चौधरीको तयारी छ । लुम्बिनी सरकारलाई स्वतन्त्रसहित ८ दलको समर्थन रहेको छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु