निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली? | Khabarhub Khabarhub

निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणाली आज नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ।

आज साँझबाट सुदूरपश्चिम हुँदै प्रवेश गर्ने प्रणालीले राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यो क्रम पर्सि बुधबारसम्म जारी रहने महाशाखाले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महाशाखाकाअनुसार भोलि लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पर्सि बुधबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

तराईलगायत देशभरका अधिकांश ठाउँमा बिहान साँझ हुस्सु र कुहिरो लाग्ने क्रम बढ्दो क्रममा रहेको छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ३७ बजे

मुलुक र जनताको चाहनाअनुसार संविधान संशोधन गर्नुपर्छ : नेता महतो

काठमाडौं– जनता समाजवादी पार्टीका नेता वीरेन्द्रप्रसाद महतोले मुलुकमा भ्रष्टाचार र

सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा

विराटनगर पुगेका कलाकार हरिवंश आचार्य बिरामी

विराटनगर- वरिष्ठ हास्य कलाकार हरिबंश आचार्य बिरामी भएका छन् ।

संसदमा ओलीको जवाफ- सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट आएका सबै सुझावलाई

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

काठमाडौं– जारी महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल