गोदावरी सडक : निर्माण सुरु भएको छ वर्षमा पनि उस्तै « Khabarhub

गोदावरी सडक : निर्माण सुरु भएको छ वर्षमा पनि उस्तै


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन ।

उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । हात्तीबन कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको सडक निर्माण सम्पन्न गर्न सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार त्यहाँको वडाध्यक्षले काम गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले त्यसलाई सम्पन्न गर्न सकिने देखिएको छ । झण्डै दुई सय मिटर सडकमा समस्या रहेकामा त्यसलाई टुङ्ग्याउन लागिएको हो । उनले भने, “त्यहाँ सम्पन्न गर्न सकियो भन्ने अरुतिरको सडक क्लियर छ ।”

साँघुरो सडक फराकिलो बनाएर कालोपत्र गर्ने गरी ठेक्का गरिएको भए पनि चौडाइ बढाउन नसकिएपछि कम चौडाइमा नै कालोपत्र गर्न लागिएको सूचना अधिकारी जोशीले बताए । बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले कतै पाँच त कतै त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ । कतैकतै एउटा गाडी मात्रै सजिलै हिँड्न सक्ने रहेको छ ।

हरिसिद्धिको घुम्ती नजिकैको सडक सबैभन्दा साँघुरो रहेको सूचना अधिकारी जोशीले बताए। चारैतिर घर र मन्दिर भएको सो ठाउँमा चौडाइ पाँच मिटरभन्दा कम छ । ठेक्का भएको लामो समय भएकाले र सरकारको निर्णयअनुसार नै जति उपलब्ध छ त्यतिमै कालोपत्र गरेर पनि ठेक्का टुङ्गाउन लागिएको उनले बताए।

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए । छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । तीन वर्ष पहिले सरकारले उपलब्ध चौडाइमा नै निर्माण गर्ने निर्णय भएपछि भने निर्माण अघि बढाइएको हो ।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि आआफ्नो जग्गा पर्ने स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि लामो समय सडक निर्माण अवरुद्ध रहेको थियो । सो सडकमा गोदावरीको नजिकै झण्डै साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम भएको छ ।

वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या रहेको थियो ।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैंव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : ५५ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र