गृहमन्त्रीको आदेश प्रहरीले टेर्न छोड्यो « Khabarhub

गृहमन्त्रीको आदेश प्रहरीले टेर्न छोड्यो

‘ओली र प्रचण्डको गोडा मोलेर रवि गृहमन्त्री बने’


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

आफ्नो निजी स्वार्थ बाझिने मन्त्रालयमा नै मन्त्री भएर केही व्यक्ति सरकारमा सहभागी भएको भन्दै यसको आलोचना गरिएको छ। मन्त्रीले आफ्नो निजी स्वार्थ बाझिएका कारणले त्यो मन्त्रालयमा आफू अनुकूल काम गर्ने र त्यो मन्त्रालयको काम कामकारबाहीमा निष्प्रभावी बनाउन सक्छन् भनेर आंशका भइराखेका छन्। आखिर यस्तै हो त ? किन नयाँ मन्त्रीसँग शंका गरिँदै छ ? यी र यस्तै विषयमा आधारित रहेर सामाजिक अभियन्ता युवराज सफलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

उपप्रधानमन्त्रीलाई मुद्दा हालेर स्वार्थको द्वन्द्व भयो भनेर भन्नु भएको छ के गरेको उहाँहरूले ?
उहाँ पहिला सांसद बन्नुभयो। सांसद बनेपछि मात्र उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभएको हो। रवि लामिछानेले अमेरिकाको नागरिकता २०७० फागुन ९ गते लिएर पछि अमेरिकी पासपोर्ट प्रयोग गरेर नेपाल आउनु भएको हो। २०७२ जेठ ४ गते अमेरिकी नागरिकता र पासपोर्ट त्याग गर्न नेपालस्थित अमेरिकी दूतावासमा निवेदन पेस गर्नुभयो। २०७५ साउन ६ गते अध्यागमन कार्यालयमा गएर निवेदन दिएर आफ्नो पासपोर्ट र पैसा तिरेको रसिद लिनुभयो। २०७६ साल साउन १४ गते अमेरिकी नागरिकता र पासपोर्ट त्याग गरेको निस्सा पाउनु भयो। त्यो पछि कतै निवेदन नदिएको कारणले नेपालको नागरिकता पुनः प्राप्ति गरेको पाइदैन। यही कुरालाई हामीले निस्सा बुझाई सकेको छौं भनेर भ्रमको खेती गरेको म पर्दाफास गर्छु। जोसँग नेपाली नागरिकता छ त्यो मात्र नागरिक हुन्छ। ५० सालको नागरिकताले हुँदैन। कोही अधिवक्ता दुई चार हजार डलर पाउन यो शरणार्थी हो भनेर लाग्नु भएको छ। त्यसलाई कानुनले चिन्दैन।

जो व्यक्तिसँग संविधानको धारा १० को उपधारा (१) बमोजिमको नागरिकता छ, उसले विदेशी नागरिकता त्यागेको दिनदेखि त्यो स्वतः सक्रिय हुन्छ रे नि ?
नागरिकता ऐनको दफा ११ मा पुनः नेपाली नागरिकता प्राप्त हुन कुनै नागरिक विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन नेपालमा आएर बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि नेपाली नागरिकता पुनः कायम हुने छ भनिएको छ। उहाँले त्यो निस्सा पेस गर्नु भएको छैन। रवि लामिछानेले त्यो निस्सा दर्ता गरेको मिति र दर्ता नम्बर ल्याए म यो मुद्दा अहिले फिर्ता लिन्छु। उहाँलाई ऐनको दफा ११ लागू भयो। पुनः नेपाली नागरिकता प्राप्तिको लागि ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागेर विदेश गएमा पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्याग गरेर पहिलो नागरिकको प्रमाणपत्रका लागि सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्दछ भनिएको छ।

उहाँ गृहमन्त्रीको कार्यभार समाल्दै गर्दा स्वार्थको द्वन्द्व भयो कि भएन ?
नेपाल र अमेरिका दुबैको नागरिकता र पासपोर्ट लिएको हो भनेर व्यक्तिले आफै भन्नुभएको छ। उहाँको फौजदारी कसुर अन्तर्गत प्रहरीले अनुसन्धान जारी छ। लामिछाने आफै परीक्षा लेख्ने अनि आफै कापी जाँच्ने ? के नैतिकता छैन ? अनुसन्धानलाई प्रभावित गर्न स्वार्थको द्वन्द्व भयो। केपी ओली र प्रचण्डको गोडा मोलेर गृहमन्त्री पड्काउने काम उहाँले गर्नुभयो। कानुन सबैले मान्नु पर्दछ र उहाँ आफै पत्रकार भए पनि यो व्यक्ति कसरी गृहमन्त्री भयो भनेर भन्नुहुन्थ्यो। मैले पहिला रवि लामिछानेको नागरिकताको विषयमा गृह मन्त्रालयमा निवेदन दिएको हो। लामिछाने गृहमन्त्री भएपछि गृह मन्त्रालयले यो विषयमा हामीलाई मतलब छैन भन्यो। सीडीओले रविको नागरिकताले कसैलाई आधात पुर्याएको छैन भन्छ। प्रहरीले यो विषय अहिले नसोध्नु भन्छ। यो स्वार्थको द्वन्द्वको प्रभाव हो। आज लामिछानेले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले मानेको छैन। प्रहरीलाई यो कुरा थाहा छ कि गृहमन्त्री स्वयम् भोलि आफै जेल जान सक्छन्। अनि कसरी भएन स्वार्थको द्वन्द्व ? (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ११ : ०२ बजे

रास्वपा मकवानपुर सभापति पराजुली कांग्रेस प्रवेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका