बखत स्मृति कप प्रभात मावि रोवाले उचाल्यो « Khabarhub

बखत स्मृति कप प्रभात मावि रोवाले उचाल्यो


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुगु – बखत स्मृति कप प्रभात माध्यमिक विद्यालय रोवाले हात पारेको छ। हरेक वर्ष सञ्चालन हुँदै आएको बखतबहादुर शाही फाउन्डेसनद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यमिक विद्यालय रोवाले हात पारेको हो।

२१औँ बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएको प्रतियोगिताको उपाधि भिडन्तमा महाकाली नमुना माविलाई २-० गोल अन्तरले पराजित प्रभात मावि रोवा विजेता बनेको हो।

गत वर्षहरूमा बखत स्मृतिको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिता सञ्चालन भएका थिए। भने यस वर्ष भने फुटबल र देउडा प्रतियोगिताको सञ्चालन गरिएको स्व, बखत बहादुर फाउन्डेसन मुगुले जनाएको छ।

विजेता प्रभात मावि रोवाले शिल्ड ट्रफी, गोल्ड मेडलसहित २५ हजार नगद जितेको छ। उपविजेता महाकाली माविका विद्यार्थीले शिल्ड ट्रफी, सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाएको बखतबहादुर शाही फाउण्डेसन सचिव दीपक रावलले जानकारी दिए।

उनका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी प्रभात मावि रोवाका धर्म सेजुवाललाई प्रदान गरिएको बताए। प्रतियोगितामा ११ विद्यालयका १६ टिमले सहभागिता जनाएका  थिए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : १२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र