चिसोले मनाङकाे विकास र निर्माणमा समस्या « Khabarhub

चिसोले मनाङकाे विकास र निर्माणमा समस्या


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनाङ– भौगोलिक  विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणमा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए। वातावरण प्रतिकूल रहने  भएकाले बाँकी समय (चार पाँच महिना)मात्र काम गर्न सकिन्छ । 

वर्षाका कारण बैँसीशहर-चामे-मनाङ-खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कँदा यातायात सोवा  अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको उनको भनाइ थियो । सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ । ‘चिसोका कारण माथिल्लो मनाङ-ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङसार) मा यतिबेला तापक्रम माइनसमा पुग्छ, यसले गर्दा सम्पूर्ण विकास निर्माणका काममा प्रत्यक्ष असर पारेको छ, निर्माणको कम पूर्ण रुपमा ठप्प छ’, प्रमुख विष्टले भने, ‘तल्लो बेल्ट थानचोक, स्यालक्यु, १५ तिमाङ, दानाक्यु, बगरछाप, ओडार, ताचै, धारापानी, थोँचे, तिल्चे, नाचै, ताल, घेराङलगायत स्थानमा भने हालसम्म पनि फाटफुट काम भइरहेको छ ।’

हालसम्म यहाँ हिमपात नभए पनि अब यहाँ हिमपात हुने सम्भावना बढेकाले कम मात्रामा रहेका   कार्यसमेत अवरुद्ध हुनसक्ने उनले बताए। यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिनामा मात्रै निर्माणको काम सहजरूपमा गर्न सकिन्छ ।

स्थानीयवासी जाडो छल्न बेँसी झर्नु अनि वसन्तको आगमनसँगै उकालो चढ्नु मनाङवासीको पुरानो रीत  हो। विशेषगरी माथिल्लो मनाङ (सदरमुकाम चामेभन्दा माथि) का बासिन्दा यतिबेला भेटिन मुस्किल हुन्छ तर तल्लो मनाङ (सदरमुकाम चामे भन्दा ताल) भने कम मात्रामा स्थानीयवासी रहेका र त्यहाँ अहिले पनि निर्माणका कार्य आंशिक रुपमा भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : २२ बजे

खण्डहर कारखाना ब्युँझाएर स्वाधीन अर्थतन्त्र थालौँ

कुनै समय थियो– जब काठमाडौँको बालाजु यन्त्रशालाले निर्माण गरेका जलविद्युत्

एउटै स्टारलाई दर्शकले कति हेर्लान् ?

काठमाडौं –  मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको

सिरहामा सार्वजनिक सवारीसाधनमा सीसीटिभी अनिवार्य 

सिरहा– जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी– रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय

मन्त्री तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण

काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती