दीर्घरोगीलाई गाउँपालिकाद्वारा मासिक पाँच हजार उपलब्ध « Khabarhub

दीर्घरोगीलाई गाउँपालिकाद्वारा मासिक पाँच हजार उपलब्ध


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो । 

गाउँपालिकाभित्रका दीर्घरोगीको लगत संकलन गरी उनीहरूको जीवन निर्वाहमा टेवा पुर्‍याउनका लागि हरेक महिना पाँच हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । अध्यक्ष थापाले भने, ‘गाउँपालिकामा जो नागरिक दीर्घरोगी छन्, पहिचान गरेर उनीहरूको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीहरूले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, जसलाई पनि यो समस्या पर्न सक्छ, हामीहरूले उनीहरूलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख सुखमा साथ दिनु छ ।’

गाउँसभाले समपूरक कोषको एक करोड ४० लाख र सञ्चित कोषको दुई करोड पाँच लाख गरी कूल तीन करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको अध्यक्ष थापाले बताए। गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ ।

गाउँसभाले आर्थिक वर्ष २०७९-८० को संशोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न गाउँसभामा संघीय सरकारबाट प्राप्त हुने ४८ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट दुई करोड ९१ लाख ७८ हजार, आन्तरिक स्रोतको ४० लाख, मालमोततर्फ पाँच लाख र सञ्चितकोषमा तीन करोड १० लाख गरी कूल ५४ करोड ९१ लाख २३ हजारको बजेट पारित गरेको थियो । 

अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कूल बजेट ५७ करोड ८७ लाख ४० हजार दुई सय ४३ पुगेको गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले जानकारी दिए।

गाउँपालिकाको चालू बजेट ३३ करोड ६५ लाख १७ हजार दुई सय ४३ र पूँजीगततर्फ २४ करोड २२ लाख २३ हजार रहेको उनको भनाइ छ । चालू बजेटको ४५ दशमलव ९५ प्रतिशत र पूँजीगततर्फ छ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च भएको र आर्थिक वर्षको पहिलो छ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३ दशमलव ४३ प्रतिशत, सामाजिक विकासतर्फ पाँच दशमलव ३३ प्रतिशत, पूर्वाधार विकासतर्फ पाँच दशमलव ७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा छ दशमलव ८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको उपाध्यक्ष थापा बताउँछन्।

गाउँपालिकाले छ महिनाको अवधिमा कूल ४५ शीर्षकबाट रु २९ लाख ९३ हजार एक सय २३ कर संकलन गरेको गाउँपालिकाका प्रवक्ता टिमनसङ्गम विकले जानकारी दिए। नागरिकलाई प्राकृतिक प्रकोपका रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसँगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने परियोजना सञ्चालन थालिएको उनले बताए।

गाउँपालिकाले यस आर्थिक वर्षमा ११ विधेयक तयार गरिएको समेत जनाएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१ दशमलव शून्य नौ प्रतिशत, उद्यम विकासको १५ दशमलव पाँच प्रतिशत, सहकारीको १२ दशमलव पाँच प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७ दशमलव शून्य नौ प्रतिशत, स्वास्थ्यमा ४१ दशमलव पाँच प्रतिशत, महिला, बालबालिका, ज्येष्ठ नागरिकमा ७४ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकामा कूल तीन सय ३९ योजनामध्ये जम्मा एक सय ५४ योजना सम्झौता भएको र सम्झौता भएकामध्ये २१ योजना मात्रै निर्माण सम्पन्न भएको बिक बताउँछन् । गाउँसभाले बजेट संशोधन विधेयकसहित विभिन्न १२ विधेयक र ऐन पारित गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : ०९ बजे

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को

सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली)- हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

यातायात व्यवसायी महासंघको महाधिवेशन पोखरामा सुरु

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशन आजदेखि

पर्यटकीय क्षेत्र नगरकोटमा लुटपाट, वृद्धाको हत्या प्रयास

काभ्रे– पर्यटकीय क्षेत्र नगरकोटमा एक महिलामाथि लुटपाटसँगै हत्या प्रयास भएको