पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव | Khabarhub Khabarhub

पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ ।

गत वर्ष पाकिस्तानमा आएको भयानक बाढीले कृषि क्षेत्रमा विनाश निम्त्याएका कारण खाद्यान्नको अभाव देखिएको हो ।

अत्यावश्यक वस्तुको अभावका कारण रेस्टुरेन्ट र होटेल पनि बन्द गर्नु परेको स्थानीय व्यवसायीले जनाएका छन् । खाद्यान्नको अभाव भएसँगै पाकिस्तानको अधिनमा रहेको कश्मीरका ठाउँठाउँमा प्रदर्शन र झडपको अवस्था समेत सिर्जना भएको जनाइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ३३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार