२२औं सशस्त्र प्रहरी दिवस मनाइयो « Khabarhub

२२औं सशस्त्र प्रहरी दिवस मनाइयो


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार २२औं सशस्त्र प्रहरी दिवस मनाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा विशेष कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो । महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच सशस्त्रले दिवस मनाएको हो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी स्मारकमा माल्यार्पण गरे । यसका साथै महानिरीक्षक अर्यालले संगठनका संस्थापक स्व. कृष्णमोहन श्रेष्ठलगायत दिवंगत भएका सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

उक्त समारोहमा संगठनकी ईष्टदेवी बगलामुखी मन्दिरबाट आगो ल्याएर सशस्त्र प्रहरीको स्मृती वाटिकामा अखण्ड ज्योतीको रुपमा बलिरहने व्यवस्था समेत मिलाइएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई निरन्तर समन्वय र सहकार्यकासाथ राष्ट्रसेवाको अबिरल यात्रामा अनुकरणीय एवं सहयोगी भूमिका निर्वाह गर्नेप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

दिवस मनाउन आयोजित विशेष समारोहमा महानिरीक्षक अर्यालले सकल दर्जाका राष्ट्रसेवकहरुले राज्यप्रदत्त कार्यादेश पुरा गर्न पुर्‍याएको अथक प्रयासको प्रशंसा गरेका थिए । उनले सिमित श्रोत साधनका बावजुद हिमालको जाडोदेखि तराईको गर्मीमा समेत आफ्नो ज्यानको परवाह नगरी विविध सुरक्षा चुनौतीहरुको सामना गरी देशमा आइपर्ने प्राकृतिक एवं कृत्रिम विपत्ति, राज्यको सीमा सुरक्षा गर्न, शान्ति सु–व्यवस्था कायम गर्न र राजश्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न कार्यक्षेत्रमा पुर्‍याएको योगदानको सह्राना समेत गरे ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ३१ बजे

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी