संसद् सचिवालयद्वारा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता « Khabarhub

संसद् सचिवालयद्वारा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।  

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५७ बजे

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध