सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित « Khabarhub

सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– डुम्रे-बेंसीसहर सडकको उदिपुर देउराली डाँडामा सुख्खा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको छ ।

बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कार्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार बिहान खसेको पहिरो दिनभरी प्रायः चलिरहेको बताए ।

बेँसीसहर नगरपालिका १, उदिपुरको देउराली डाँडाको सडक गतवर्ष भदौ ११ गते पहिरोले बगाएको थियो । तीन दिन अवरुद्ध भएको सडक खुलाएकोमा पुनः गत असार ४ गते सडक पहिरोले बगाएपछि चिप्लेटीस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो संचालनमा ल्याइएको थियो । 

चुनावको बेला नेपाली सेनाको चण्डिप्रसाद गणबाट सवारी आवागमन बन्द भएपछि बेँसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमर्स्याङ्दी जलविद्युतको फलामे पोल तथा डुम्रे-बेंसीसहर-चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामाग्री सहयोगबाट उक्त सडक खुलाइएको थियो ।

त्यसपछि पुनः १ साता बन्द गरेर सडक फराकिलो बनाएकोमा अहिले त्यस सडकमा पहिरो खस्ने समस्या देखिएको स्थानीयले बताएका छन् । डुम्रे-बेंसीसहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले सडकको माथिल्लो क्षेत्रबाट पहिरो खसेकोले केही अवरुद्ध भएको सडक खुलेको बताए । स्थानीयले भने सडक खुल्ने र बन्द हुने गरेको बताएका छन् । उनीहरूले सडकको माथिबाट सुख्खा पहिरो खस्दा असुरक्षा बढेको बताएका छन् । 

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडि बढाउने सहमति भएको बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ०७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण