सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित « Khabarhub

सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ– डुम्रे-बेंसीसहर सडकको उदिपुर देउराली डाँडामा सुख्खा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको छ ।

बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कार्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार बिहान खसेको पहिरो दिनभरी प्रायः चलिरहेको बताए ।

बेँसीसहर नगरपालिका १, उदिपुरको देउराली डाँडाको सडक गतवर्ष भदौ ११ गते पहिरोले बगाएको थियो । तीन दिन अवरुद्ध भएको सडक खुलाएकोमा पुनः गत असार ४ गते सडक पहिरोले बगाएपछि चिप्लेटीस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो संचालनमा ल्याइएको थियो । 

चुनावको बेला नेपाली सेनाको चण्डिप्रसाद गणबाट सवारी आवागमन बन्द भएपछि बेँसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमर्स्याङ्दी जलविद्युतको फलामे पोल तथा डुम्रे-बेंसीसहर-चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामाग्री सहयोगबाट उक्त सडक खुलाइएको थियो ।

त्यसपछि पुनः १ साता बन्द गरेर सडक फराकिलो बनाएकोमा अहिले त्यस सडकमा पहिरो खस्ने समस्या देखिएको स्थानीयले बताएका छन् । डुम्रे-बेंसीसहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले सडकको माथिल्लो क्षेत्रबाट पहिरो खसेकोले केही अवरुद्ध भएको सडक खुलेको बताए । स्थानीयले भने सडक खुल्ने र बन्द हुने गरेको बताएका छन् । उनीहरूले सडकको माथिबाट सुख्खा पहिरो खस्दा असुरक्षा बढेको बताएका छन् । 

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडि बढाउने सहमति भएको बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ०७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको