‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’ « Khabarhub

‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गरेका छन् ।

मन्त्री राजभण्डारीले आज पदभार ग्रहण गर्दै सोलुखुम्बुको मन्जुश्री आधारभूत विद्यालयलाई सो रकम दिने निर्णय गरेका हुन् । यसैगरी सडक बालबालिकाको संरक्षणका लागि कार्यरत सुनसरीको इटहरीमा रहेको भिएसओ संस्थालाई रु पाँच लाख दिने निर्णय गरे । ।

भोजपुरमा रहेको सगरमाथा नमूना विद्यालयलाई छुट्याइएको रु ४२ लाख ५० हजार दिने निर्णय भएको मन्त्री राजभण्डारीले सञ्चारकर्मीलाई जानकारी दिए । उनले समानुपातिक विकासको अवधारणालाई अगाडि बढाउँदै हिमाल तराई र पहाडीमा समान रुपले काम गर्ने धारणा राखे।

उनले कुनै पक्षपात विना मन्त्रालयको काम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३६ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल