जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ « Khabarhub

जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उहाँकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

नवजात शिशु जङ्गलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जङ्गलमा लगेर फालेका थिए ।

जङगलमा घाँस दाउराका लागि गएका स्थानीयवासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ४८ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित