मृतकका परिवारद्वारा जनकपुरधाममा प्रदर्शन « Khabarhub

मृतकका परिवारद्वारा जनकपुरधाममा प्रदर्शन


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्बन्धी सम्पूर्ण जानकारी धनुषा प्रहरीलाई गराएको तर आइतबार प्रहरीले आफूहरू विरुद्व अभिव्यक्ति दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

मृतक परिवारले आफूहरूविरुद्ध कल रेकर्ड र डिटेल समयमै जानकारी नगराएको भनी प्रहरीले सञ्चार माध्यममा अभिव्यक्ति दिएपछि उनीहरू आक्रोशित भएका हुन् । प्रहरीले समयमै ध्यान र सक्रियता देखाउन नसक्दा आफूहरूको आफन्त अपहरणकारीले हत्या गरेको परिवारजनले आरोप लगाएका छन् । जनकपुरधाम ढल्केवर मुख्य सडक खण्डको पिडारी चोकमा यातायात अवरुद्व गर्दै गृहमन्त्रीविरुद्व नाराबाजी गरिएको थियो ।

युवाको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् । परिवारजनको आग्रहअनुसार प्रहरीले घटनाको अनुसन्धान समयमै गरेको भए दुवै जनाको ज्यान जोगिने सम्भावना रहेको परिवारका सदस्यको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णुको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो । दुई साता अघि दुवै भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए ।

त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दवै जनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी रु ५० लाख फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी पनि भएका थिए । अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो ।

गत मङ्गलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारीपश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको बताए । प्रहरी प्रमुख खड्काका अनुसार अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताए । घटनापश्चात प्रहरीले घटनामा संलग्न रहेको आशंकामा भारत र नेपालका गरी नौ जनालाई पक्राउ गरेको प्रमुख खड्काले जानकारी दिए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : १६ बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६