यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै « Khabarhub

यू-१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू-१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु-१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

 उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू-१९ विश्वकप खेल्ने मौका पाउने छन । त्यसका लागि यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मंगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । 

यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग-२ को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : २३ बजे

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ

सुदूरपश्चिमले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका