गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्न हरित पार्क निर्माण | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्न हरित पार्क निर्माण


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखले पार्क निर्माण गरेको बरेङ गाउँपालिका-५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए । एक हजार सात सय मिटरको उचाइमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् ।

अध्यक्ष सेर्बुजाले भने, ‘गाउँको केन्द्रमा छ, स्थानीयलाई त्यसै बस्नु भन्दा यहाँ गएर एकछिन आनन्द लिन सकिन्छ, पछिल्लो समय बालबालिका मोबाइलमै झुण्डी रहन्छन्, उनीहरुलाई बाहिरी वातावरणमा भुलाउनका लागि र आन्तरिक पर्यटकलाई तान्न यो पार्कको निर्माण गरेका हौँ, अझै काम बाँकी छ, आगामी बजेटमा समेटेर सम्पन्न गर्छौं ।’

यहाँ प्रतीक्षालय, घेराबार  र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताए।

अध्यक्ष शर्माले भने, ‘गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सोहीअनुसार सुखौरामा पनि पार्कको परिकल्पना गरी निर्माण थालेका हौँ, यो ठाउँ ग्रामीण क्षेत्र हो, गाउँ भए पनि यहाँको कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजिरहेका छौँ ।’

उनले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए। अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवर्द्धन गर्ने बताए। 

गाउँपालिकाले पार्कसँगै वडा नम्बर-३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोलाछहरेखोला झरनाको प्रवर्द्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ६ : ४३ बजे

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन