गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्न हरित पार्क निर्माण « Khabarhub

गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्न हरित पार्क निर्माण


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यलाई जोड्ने छ । 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखले पार्क निर्माण गरेको बरेङ गाउँपालिका-५ सुखौराका अध्यक्ष अम्मरबहादुर सेर्बजाले जानकारी दिए । एक हजार सात सय मिटरको उचाइमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उनी बताउँछन् ।

अध्यक्ष सेर्बुजाले भने, ‘गाउँको केन्द्रमा छ, स्थानीयलाई त्यसै बस्नु भन्दा यहाँ गएर एकछिन आनन्द लिन सकिन्छ, पछिल्लो समय बालबालिका मोबाइलमै झुण्डी रहन्छन्, उनीहरुलाई बाहिरी वातावरणमा भुलाउनका लागि र आन्तरिक पर्यटकलाई तान्न यो पार्कको निर्माण गरेका हौँ, अझै काम बाँकी छ, आगामी बजेटमा समेटेर सम्पन्न गर्छौं ।’

यहाँ प्रतीक्षालय, घेराबार  र खानेपानीको व्यवस्थापन गरिसकेको भन्दै अब शौचालय निर्माणसँगै बोट बिरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाइ छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय सम्भावना बोकेको हुँदा पर्यटन पूर्वाधारस्वरुप हरित पार्कको सुरुआत गरेको बताए।

अध्यक्ष शर्माले भने, ‘गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सोहीअनुसार सुखौरामा पनि पार्कको परिकल्पना गरी निर्माण थालेका हौँ, यो ठाउँ ग्रामीण क्षेत्र हो, गाउँ भए पनि यहाँको कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजिरहेका छौँ ।’

उनले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने बताए। अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमीलगायत स्थानीय अर्गानिक वस्तु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवर्द्धन गर्ने बताए। 

गाउँपालिकाले पार्कसँगै वडा नम्बर-३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोलाछहरेखोला झरनाको प्रवर्द्धन गरिरहेको अध्यक्ष शर्माको भनाइ छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ६ : ४३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ