लालबन्दीबाट सात महिनामै एक अर्बको तरकारी निकासी « Khabarhub

लालबन्दीबाट सात महिनामै एक अर्बको तरकारी निकासी


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका-७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए। 

उहाँका अनुसार आव २०७९/०८० को साउनमा रु २० करोड दुई लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा सात करोड १० लाख ६८ हजार, पुसमा १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम संकलन छ ।

चालु आवको सात महिनामा रु एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम संकलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए। जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।

अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती,  मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ । 

त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ । 

चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिनुभयो । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १० : ४२ बजे

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा