भक्तपुर कप फुटबलको सेमिफाइनलका खेलहरू आज « Khabarhub

भक्तपुर कप फुटबलको सेमिफाइनलका खेलहरू आज


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप फुटबल-२०७९ को दुवै सेमिफाइनलका खेलहरू बिहीबार हुँदै छ । पहिलो खेल आयोजक भक्तपुर युवा टीमकाविरूद्ध द हेलिङ होम एफसी र दोस्रो खेल केदारनाथ सुटर्सकाविरुद्ध गोदावरी युनाइटेडबीच हुने जानकारी म्याच कमिसनर अनिल सुकुपायोले दिए ।

क्वाटर फाइनल खेलअन्तर्गत बुधबार भएको बनेपा ब्वाइज र द हेलिङ होम एफसीबीचको पहिलो खेलमा द हेलिङ होम एफसीले बनेपा ब्वाइजलाई ३-० गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो । खेलबाट द हेलिङ होम एफसीका देवराज तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने बनेपा ब्वाइजका सहिल केसी उदयीमान खेलाडी घोषित भए ।

त्यस्तै बुधबार नै सम्पन्न सीओबी युथ क्लब र गोदावरी युनाइटेडबीच भएको दोस्रो खेलमा गोदावरी युनाइटेटले सीओबी युथ क्लबलाई ३-१ गोलले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । खेलबाट गोदावरी युनाइटेडका क्याप्टेन अरुण लामा उत्कृष्ट खेलाडी घोषित भए भने सीओबी युथ क्लबका मदन पौडेल उदयीमान खेलाडी घोषित भए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ५७ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको