बजेट अभावको चपेटामा खेलकुद « Khabarhub

बजेट अभावको चपेटामा खेलकुद


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ ।   

यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् । गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छ । भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै छ । 

पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ । वर्षभरमा समितिले एक वा दुई यस्तै खेलाडीको छनोट गर्नेबाहेक अन्य भूमिका पाउन सकेको छैन् । यो भूमिकालाई पनि व्यवस्थित गरेर लैजान समितिसँग बजेट नभएपछि समस्या हुँदै गएको छ ।

बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरूले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताए। ‘जिल्लास्तरीय छनोटमा पनि बजेटको आकार कमजोर छ’, पत्रकार सम्मेलनमा विकले भने, ‘केन्द्र, प्रदेश र पाल्पा हुँदै तम्घास सम्म आउने बजेटले हामीलाई पुग्दैन’, जिल्लामा यस छनोट प्रतियोगिताका लागि केन्द्रले साढे चार लाख विनियोजन गरेको छ । जुन रकम प्रदेश हुँदै कार्यालयले पाल्पाबाट मात्र भुक्तानी पाउने गरेको छ ।

बजेट अभावको कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। आफूहरूसँग पर्याप्त रकम नहुँदा सामान्यरूपमा छनोट गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए। ‘बजेटको चपेटामा खेलकुद क्षेत्र छ’, उनले भने, ‘स्थानीय सरकारसँग बजेट छ, सहयोग गर्नुपर्‍यो ।’ स्थानीय तहहरूले आफ्नो तहबाट छनोट गरेर जिल्लासम्मको खर्च बेहोर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाको व्यवस्थापन र परदेशसम्मको खर्च बेहोर्दै आएको छ ।

गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको नौ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको नौ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिए। साढे चार लाख बाहेकको बजेट भाडाबाट उठ्ने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ । यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पुरा गर्ने बताए। ‘खेल क्षेत्र राज्यको उपेक्षामा छ, बजेट अभावले खेलकुद चपेटामा छ’, उनले भने, ‘जसोतसो आर्थिक व्यवस्थापन गरेर जिम्मेवारी पूरा गर्छौँ ।’ स्थानीय पालिकाबाट ५०-५० हजार सहयोग भएमा आफूहरूले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ ।

 बुधबार तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटको लागि तयारी पूरा भएको बताएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ११ : १२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल