वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी पुर्‍याइने « Khabarhub

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी पुर्‍याइने


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको हो ।

लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । ‘हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन’, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले भने। उनका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पुर्‍याउने लक्ष्य छ ।

प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने भने ।

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।

शर्माले भने, ‘खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ ।’ बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरणपछि वितरण गर्ने गरी काम भइरहेको छ । ३२ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण थालिएको हो । कोरोना महामारी, आयोजना निर्माण स्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए ।

अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सह लगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १ : ३६ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,