फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल « Khabarhub

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।

छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले दलहरुका बीचमा छलफल जारी रहेको बताउँदै यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिए ।

उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको