जी–२० को सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान | Khabarhub Khabarhub

जी–२० को सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन आज अपराह्न भारत प्रस्थान गरेका छन् । सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने जनाइएको छ । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भ्रमणमा सहभागी छन् ।

नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ३ : ५८ बजे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट