नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ : प्रधानमन्त्री प्रचण्ड


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिजका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरेका हुन् । चार खेलमा विजय हासिल गरेर सिरिज नै क्लिनस्वीप गर्नु देशकै लागि गौरवको विषय भएको उनको भनाइ छ ।

उनले नेपालको खेल क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै गल्ती हुने जिकिर गरे । छोटो समयमै नेपाली क्रिकेटले हासिल गरेको सफलताले आफूलाई राजनीतिमा प्रेरणा दिँदै आएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताए ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ४ : ३१ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार