प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा समाजवादीका तर्फबाट घनश्याम भुसाल, बेदुराम भुसाल लगायत सहभागी थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १३ गतेसम्म राष्ट्रपतिको टुङ्गो लाग्ने बताए । उनले पुरानो गठबन्धनलाई व्युँताउने विषयमा अहिले टुङ्गो नलागेको प्रतिक्रिया दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका विषयमा छलफल जारी रहेको बताए । पुरानो गठबन्धन व्युँताउने तयारीका विषयमा उनले विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिए । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुङ्गो लाग्ने उनले बताए ।

राष्ट्रपति निर्वाचनको मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुबीचको छलफल बाक्लो भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने बिषयमा पनि दलहरुबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ३६ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर