प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको छ ।

छलफलमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा समाजवादीका तर्फबाट घनश्याम भुसाल, बेदुराम भुसाल लगायत सहभागी थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले फागुन १३ गतेसम्म राष्ट्रपतिको टुङ्गो लाग्ने बताए । उनले पुरानो गठबन्धनलाई व्युँताउने विषयमा अहिले टुङ्गो नलागेको प्रतिक्रिया दिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका विषयमा छलफल जारी रहेको बताए । पुरानो गठबन्धन व्युँताउने तयारीका विषयमा उनले विभिन्न विकल्पमाथि छलफल भइरहेको जानकारी दिए । विभिन्न विकल्पमध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने विकल्पमा टुङ्गो लाग्ने उनले बताए ।

राष्ट्रपति निर्वाचनको मनोनयनको दिन नजिकिँदै गर्दा दलहरुबीचको छलफल बाक्लो भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने बिषयमा पनि दलहरुबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ३६ बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान