जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी सकारात्मक : अध्यक्ष उपेन्द्र यादव « Khabarhub

जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी सकारात्मक : अध्यक्ष उपेन्द्र यादव


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् ।

आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्ष नेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।

उनले भने, “जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन क्लियर हुँदैन तबसम्म नयाँ–पुरानो के अर्थ हुन्छ र ? को कता भन्ने लाइन क्लियर भएको छैन, तर प्रधानमन्त्रीले सार्वजनिकरूपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राख्नुभएको छ ।”

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । अहिले सिंहदरबारमा जसपा, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको बैठक बसिरहेको छ ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ५८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या