जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित « Khabarhub

जनकपुरधामको शिक्षा स्वास्थ्यको अवस्थाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले जनकपुरधामको पर्यावरण, शिक्षा र स्वास्थ्य अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनकपुरधाममा आजदेखि सुरु भएको तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’को उद्घाटन गर्दै उनले यसप्रति ध्यान दिन सरोकारवाला सबैमा आग्रह गरे ।

पूर्वराष्ट्रपति यादवले जनकपुरधामका शैक्षिक संस्थाहरुको गुणस्तर विगतमा अन्यत्रभन्दा राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय अवस्था खस्किदै गएकामा चिन्ता व्यक्त गरे। “अवस्थामा सुधार ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने “यहाँको संस्कृति र सभ्यता निर्माणमा सबैको महत्वपूर्ण योगदानको आवश्यकता छ ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो सम्पूर्ण जीवन लोकतन्त्रकै लागि समर्पित गरेको उल्लेख गरे । उनले भने, “युवा पुस्ता लोकतन्त्र बचाउन सक्रिय हुनुपर्छ ।” पूर्वराष्ट्रपति यादवले लोकतन्त्र आठ दशकको उपलब्धि रहेकाले यसलाई सबैले चनाखो भएर बचाएर राख्नुपर्ने आवश्यकता रहेको बताए ।

आजदेखि साहित्य महोत्सव सुरु

जनकपुरधाममा आजदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव’ सुरु भएको छ । महोत्सवको चौथो संस्करण १३ गतेसम्म चल्ने छ ।विसं २०७६ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, सङ्गीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले बताए ।

साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा दिनसम्म देशभरिका ख्याति प्राप्त स्रष्टाको सहभागिता रहने छ । फागुन १३ गते भारतकी चर्चित गायिका मैथिली ठाकुरले पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया