राष्ट्रिय सेवा दलमा पाँच सय ७६ जना दीक्षित | Khabarhub Khabarhub

राष्ट्रिय सेवा दलमा पाँच सय ७६ जना दीक्षित


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिम सम्पन्न गरेका पाँच सय ७६ जना क्याडेट विद्यार्थी दीक्षित भएका छन् ।

आज यहाँ सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा दुई सय ७० छात्र र तीन सय छ छात्रा दीक्षित भएका हुन् । दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले वार्षिक प्रतिविदेन पेस गरेका थिए । उनले दलमा युवाको सङ्ख्यासँगै गुणस्तर वृद्धिका लागि पाठ्यक्रममा थप विषय समेट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूको क्षमता अभिवृद्धिका लागि पाठ्यक्रममा थप विषय समेटिनेछ । आगामी दिनमा प्रत्येक जिल्लाबाट केही विद्यार्थीलाई तालिममा सहभागी हुने अवसर दिइनेछ ।”

यस वर्षको सिनियर डिभिजनअन्तर्गत पाँच हजार नौ सय ७६ र सिनियर डिभिजनतर्फ एक हजार सात सय २७ विद्यार्थीले राष्ट्रिय सेवा दलको तालिम लिएका छन् । यस वर्ष जम्मा सात हजार पाँच सय ६८ विद्यार्थीले तालिम लिएका हुन् । अहिलेसम्म ६६ हजार सात सय ७६ विद्यार्थीले तालिमप्राप्त गरेका छन् ।

समारोहमा भारत, माल्दिभ्स र पाकिस्तानका अतिथिहरूको सहभागिता रहेको थियो । विसं २०२० मा स्थापना भएको राष्ट्रिय सेवा दलमा अहिलेसम्म सिनियर डिभिजनतर्फ १० हजार आठ सय ५९ र जुनियर डिभिजनतर्फ ५५ हजार नौ सय १७ जना रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १० : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग